प्राइम लाइफसहित दुई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-11-26
प्राइम लाइफसहित दुई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एक बीमा कम्पनीसहित दुई बैंकको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंक आफ काठमाण्डू, प्राइम लाइफ इन्स्योरेन्स र स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले प्राइम लाइफ इन्स्योरेन्सद्वारा प्रस्तावित १५ प्रतिशत, बैंक अफ काठमाण्डूद्वारा प्रस्तावित १० प्रतिशत र स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले प्राइम लाइफ इन्स्योरेन्सको समायोजन गर्दै प्रतिकित्ता ७५६.५२ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ८७० रुपैयाँ कायम थियो । 

त्यस्तै बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३१० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३४१ रुपैयाँ कायम थियो ।

यसैगरी स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४८६.८५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ५३५.१० रुपैयाँ कायम थियो । 


Share this with your friends: