बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

2021-02-02
बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

काठमाण्डौ । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बीमा समितिको अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरेको हो। 

नवनियुक्त भएका सिलवाल पूर्वसचिव हुन्। उनी उद्योग मन्त्रालय र गृह मन्त्रालयका पूर्व सचिव हुन्।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिलवालसहित तीन जनाको नाम मन्त्रीपरिषद्मा सिफारीस गरेकोमा सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो।   

निर्वमान अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल गत पुस २३ गते समाप्त भएपछि बीमा समितिको अध्यक्ष पद रिक्त रहेको थियो। 

 


Share this with your friends: