बीमा क्षेत्रको सुधार फास्ट ट्रयाकमा हुन्छ: सिलवाल

2021-02-04
बीमा क्षेत्रको सुधार फास्ट ट्रयाकमा हुन्छ: सिलवाल

काठमाण्डौ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सिलवाललाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन्। 

पद तथा गोपनियताको सपथ समारोहमा नवनियुक्त अध्यक्ष सिलवालले बीमा क्षेत्रको विकास र सुधारका लागि कटिबद्ध रहेको र यसका लागि फास्ट ट्रयाकमा काम गर्न प्रतिवद्ध रहेको बताएका छन्। 

सिलवालले बीमा क्षेत्रमा देखिएका समस्याहरुलाई निराकरण गर्दै जाने र बीमा क्षेत्रको नीतिगत सुधारका लागि पर्ने बताएका छन्। 

उक्त अवसरमा अर्थमन्त्री विष्णु पौडेलले सिलवाललाई सुखद तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बीमा क्षेत्रमा विद्यमान समस्याहरु समाधान गर्दै अघि बढ्न निर्देशन दिएका छन्। 

पौडेलले यसका लागि आफ्नो मन्त्रालयले नयाँ नेतृत्वलाई सहयोग गर्न तयार रहेको समेत बताएका छन्। 

यस्तै कार्यक्रममा बोल्दै अर्थ सचिव शिशिरकुमार ढुंगानाले बीमा क्षेत्रमाथि आम जनताको विश्वसनियता कायम हुनुु पर्ने र यसका लागि सिंगो बीमा क्षेत्र र यससँग सम्बन्धित व्यक्ति तथा संस्थाहरु सबल, जवाफदेही र जिम्मेवार हुनु पर्नेमा जोड दिए।  


Share this with your friends: