बीमा समितिद्वारा प्राइम लाइफ र नेपाल लाइफलाई कारबाही गर्ने निर्णय

2021-12-28
बीमा समितिद्वारा प्राइम लाइफ र नेपाल लाइफलाई कारबाही गर्ने निर्णय

काठमाण्डौ । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई कारबाही गर्ने निर्णय गरेको छ। प्राइम लाइफले नक्कली कर्मचारी देखाएर आर्थिक हिनामिना गरेको र नेपाल लाइफले सञ्चालकहरुलाई नियमविपरीत एकभन्दा बढी समिति/उपसमितिमा आबद्ध गराएको विषयमा कारबाही गरिएको समितिले जनाएको छ। 

प्राइम लाइफले नक्कली कर्मचारी देखाएर करीब ३ करोड २ लाख रुपैयाँ हिनामिना गरेको आफ्नो स्थलगत अनुसन्धानका क्रममा देखिएको बीमा समितिले जनाएको छ। कम्पनीले आ.व २०७४/७५ र २०७६/७७ मा वैदेशिक रोजगारी म्यादी जीवन बीमा व्यवसाय गर्न मार्केटिङ कर्मचारीका रुपमा २९ जना कर्मचारी नियुक्त गरेको जनाएको थियो। तर बीमा समितिको स्थलगत अनुसन्धानका क्रममा यो विषय खुल्न नआएको देखिएकाले कम्पनीलाई कारबाही गर्न पत्र काटिएको समितिले जनाएको छ। 

यस्तै अनुसन्धानका क्रममा कम्पनीका कर्मचारी प्रकाश रेग्मीले नक्कली बीमालेख जारी गरेको देखिएको छ। 

‘वैदेशिक रोजगार बिमालाई सुरक्षित, मर्यादित र व्यवस्थित नगरी समितिको निर्देशन उल्लंघन गरेको देखिएकाले बिमकलाई बिमा ऐन २०४९ को दफा ३६ को उपदाफा १ बमोजिम १० हजार रुपैयाँ जरिवाना किन नगर्ने रु’ समितिको निर्णयमा भनिएको छ । उक्त जरिवाना हुन नपर्ने भए पत्र पाएको ७ दिनभित्र प्रमाणसहित लिखित जवाफ पेस गर्न समितिले बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

यसैगरी समितिले नेपाल लाइफलाई सञ्चालकहरूलाई नियमविपरीत एकभन्दा बढी समितिरउपसमितिमा आबद्ध गराएको र योग्यता नपुगेको व्यक्तिलाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेकोलगायत विषयमा कम्पनीलाई कारबाही गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। कम्पनीले अमितकुमार कयाललाई आवश्यक योग्यता नपुगेकै अवस्थामा नायब महाप्रबन्धक पदमा नियुक्त गरेको थियो। 

 


Share this with your friends: