प्राइम,गुरासँ र युनियन लाइफको सेयर कारोबार रोक्का

2022-05-17
प्राइम,गुरासँ र युनियन लाइफको सेयर कारोबार रोक्का

काठमाण्डौ । प्राइम लाइफ,गुरासँ लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(जेठ ३ गते)देखि लागू हुने गरी यी तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। 

यी यी कम्पनीहरुले वैशाख २९ गतेको पत्रमार्फत एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका कारण मर्जर प्रयोजनका लागि तीन वटै कम्पनीको सेयर कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ। नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने(मर्जर)तथा प्राप्ति सम्बन्धि नियमावली २०७३ को विनिमय ६९१० बमोजिम सेयर कारोबार रोक्का राखिएको जनाएको छ। 

युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच गत वैशाख २९ गते एक आपसमा गाभिने मर्जर सम्झौता भएको थियो । 


Share this with your friends: