जीवन बीमा


नेशनल लाइफले ल्यायो ‘जीवन श्री सावधिक अमृत बीमालेख’ योजना, अतिरिक्त आयस्रोत सुनिश्चित

काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ।  कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले उक्त बीमालेखको शुभारम्भ गरेकी...

सिटिजन लाइफद्वारा नयाँ बोनस दर कायम, अधिकतम ७३ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम २५ रुपैयाँ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो।  कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्षका लागि ४४...

एशियन लाईफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था गरेको छ ।  कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु मंसिर २४ गतेदेखि माघ १६गतेभित्र पुर्नजागरण गराउने बीमितहरुलाई ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले वि.स २०७६ मंसिर...

1663308665norvic-gif.gif

इक्रा नेपालद्वारा प्रभु लाइफको रेटिङ पुनःपुष्टि

काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्व...

प्रभु लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाकालको चौँथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको हो ।  कम्पनीले वि.स २०७४ मंसिर २८ गतेदेखि प्रभु लाइफ इन्स्योरेन्सको नामबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । यसअघि कम्पनी स्टार लाइफ इन्स्योरेन्स कम्पनीका नामबाट परिचित थियो...

राष्ट्रिय बीमा संस्थानद्वारा बुटवलमा दुई दिने बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

काठमाडौं । देशभर अभिकर्ता संजाल बढाउनका लागि तालिम अभियान संचालन गर्दै आईरहेको राष्ट्रिय बीमा संस्थानले लुम्बिनी प्रदेशको बुटवलमा दुइ दिने जीवन बीमा अभिर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । उक्त तालिम यहि मंसिर २४ र २५ गते संचालन गरिएको हो ।  बुटवलका शाखा प्रमुख बिदुर भट्टराईको संयोजकत्वमा संचालित तालिममा राष्ट्रिय बीमा संस्थान...

16454172591200x120.gif

भैरहवा, दाङ र समनपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा र विद्यार्थीमाझ बीमा जागरण ल्याउने कार्यलाई तीव्रता दिँदै आएको छ। यसैअन्तर्गत गएको हप्ता लुम्बिनी प्रदेश र २ नं। प्रदेशको विभिन्न ठाउँमा बीमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएका छन्। भैरहवा बहुमुखी क्याम्पसमा मंसिर २३ गते प्राध्यापक कृष्ण घिमिरेको अध्यक्षतामा सञ्चालित...

सूर्या लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैैठकले आगामी पुस १९ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा अपरान्ह ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७६/७७ का लागि प्रस्ताव गरिएको १२.७० प्रतिशत...

रिलायन्स लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि (मंसिर २६ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। मंसिर २४ गते...

विराटनगर र पर्वत पुग्यो ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान

काठमाण्डौ । युवा र विद्यार्थीमाझ बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा ‘युवासँग– महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरको इर्डन वर्ग कलेजमा मंसिर २० गते सम्पन्न कार्यक्रममा स्नातक अन्तिम वर्षका ७० जना विद्यार्थीको उपस्थिति रहेको...

नेपाल लाइफद्वारा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ।  कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो। यो जीवन बीमा...

मेट लाइफ नेपाल २१ औँ वर्षमा प्रवेश

काठमाण्डौ । मेट लाइफ नेपाल २१ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल मंसिर महिना २० गते(२००१ डिसेम्बर ५)देखि नेपालमा बीमा व्यवसायको थालनी गरेको मेट लाइफ नेपाल आफ्नो २० औँ वर्ष सफलतापूर्वक पार गरी २१ औँ वर्षमा प्रवेश गरेको हो ।  नेपालमा जीवन व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गर्ने मेट लाइफ पहिलो विदेशी कम्पनी हो । नेपाली बीमा...

प्राइम लाइफ इन्स्योरेन्समा ७ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ७ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको मंसिर १९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट संस्थापक, सर्वसाधारण र स्वतन्त्र सूमहबाट ७ सञ्चालकहरु निर्वाचित भएका हुन् ।  संस्थापक समूहतर्फबाट निर्वाचित हुनेमा पियुष राज अर्याल, दिपेश अमात्य, डा. सन्तोष अग्रवाल, प्रमिला केसी थापा,...

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले ‘सिटिजन लिडर्स नाइट’को चौथो संस्करण सम्पन्न गरेको छ । उक्त संस्करण मंसिर १८ गते शुक्रबारको दिनहोटेल याक एण्डयतीमा सम्पन्न भएको हो ।  । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थीक वर्ष...

‘युवासँग महालक्ष्मी लाइफ’ हेटौँडा, दमौली, भिरकोट, बारबर्दिया र कोहलपुरमा कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवासँग महालक्ष्मी लाइफ अभियान अन्तर्गत यहि मंसिर १५,१६ र १७ गते हेटौँडा, दमौली, भीरकोट (स्याङ्जा), बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले गत असोज महिनाबाट प्रारम्भ गरेको अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिनाभन्दा कम अवधिमा...