जीवन बीमा


नेपाल लाइफद्वारा एकैदिन चार मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन चार वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यालय एकै दिन चार मृत्यु बीमा दाबी भुक्तानी गरेको हो।  कम्पनीले कोरोना संक्रमणका कारण मृत्यु भएका रत्न बहादुर शाही, भद्र बहादुर वली अर्जुन कुमार अधिकारी, युवराज घिमिरेका परिवारलाई  एकैदिन मृत्यु दाबी भुक्तानी...

एशियन लाइफको अनलाईन भुक्तानी सेवा पुनःसुचारु

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अनलाइन भुक्तानी सेवा आज(असार १३ गते)बाट पुनः सुचारु भएको छ । सूचना प्रविधि प्रणाली नियमित अध्यावधिक गर्नका लागि कम्पनीले गत असार ११ गतेदेखि आज बिहान १० बजेसम्मका लागि अनलाईन माध्यमको सेवा बन्द गरेको थियो ।  अनलाइन भुक्तानी सेवा पुनः सुचारु भएसँगै आजदेखि कम्पनीका ग्राहकहरुले...

जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले आर्जन गरे १.२ खर्ब कुल बीमाशुल्क, कुनको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १९ वटा जीवन बीमा कम्पनीहरुले जेठ महिना मसान्तसम्म १ खर्ब २ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।  यो अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अन्य १८ वटा बीमा...

1663308665norvic-gif.gif

नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको रकम प्रदान गरेको हो ।  कम्पनीले धनगढी सरोज मेडिकल हलकी सावित्री साहुको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको हो । साहुको कोरोनाका कारण गत वैशाख...

सन नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बुर्तिबाङ शाखाले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी मृतक केशमाया पुन घर्तिको परिवारलाई दाबी भुक्तानी रकम प्रदान गरेको थियो ।  कम्पनीले उनको परिवारलाई १० लाख ४३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । घर्तिको गत पुस २८ गते दुर्घटनाका...

नेपाल लाइफद्वारा एजेन्सी म्यानेजरलाई दिइएको टार्गेट फिर्ता लिने निर्णय

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको असार ९ गते बसेको बैठकले गत जेठ १ गतेदेखि निर्धारण गरिएको टार्गेट फिर्ता लिने निर्णय गरेको हो ।  यसअघि कम्पनीले एजेन्सी म्यानेजरहरुलाई बीमा व्यवसाय वृद्धि गर्न टार्गेट निर्धारण गरेको थियो ।...

16454172591200x120.gif

आइएमई लाइफ र नेष्डो समृद्ध लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेष्डो सम्वृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन(समक्ष आवेदन दिएका छन् ।  आईपीओ निष्कासनको माग गर्दै आइएमई लाइफले गत जेठ ३१ गते र नेष्डो सम्वृद्धि लघुवित्तले गत असार ०६ गते बोर्डमा आवेदन दिएका हुन् ।  आइएमई लाइफले...

एशियन लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयरमा आवेदन दिने आज(असार ९ गते) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको एशियन लाइफको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर गत  असार ३ गतेदेखि लिलामीमा राखिएको थियो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान ...

एशियन लाइफद्वारा वेल्थ म्यानेजमेन्टको ५१% सेयर खरिद

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ। आज आयोजित एक कार्यक्रमबीच एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्टबीच सेयर लगानी÷स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी...

सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुटको घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुट भएका बीमालेखहरु २०७७ माघ ३० गते वा सोभन्दा अघि सकस्ता तिर्नुपर्ने मिति भएका बीमालेखहरु व्यतित भएमा उक्त बीमालेख आगामी असार ३१ गतेसम्म नविकर...

नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता संस्थापक सेयर आज(असार ६ गते)देखि लिलामीमा राखेको छ।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४४४ रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा...

नेशनल लाइफद्वारा ५६ लाख बढी मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितको परिवार ५६ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।  लाजिम्पाटस्थित आफ्नै भवन आज आयोजित एक कार्यक्रमबीच कम्पनीले स्व। सुकुना गुरुङको मृत्यु दाबी भूक्तानी गरेको हो। स्व। गुरुङले सन् २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृतश्री जीवन...

रिलायबल नेपाल लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा सतप्रतिशत ब्याज छुटको घोषणा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले व्यतित भएका बीमालेख आगामी असार ३१ गतेसम्म नविकरण गरे विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गरिने जनाएको हो ।  यस्तै कम्पनीले ई–सेवा, कनेक्ट आईपीएस, आइएमई पेबाट समेत अनलाइन भुक्तानीको व्यवस्था...

रिलायबल नेपाल लाइफको वार्षिक साधारण सभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार ४ गते) आयोजना हुदैँछ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज शुक्रबारका दिन ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा दिनको १ बजे आयोजना हुन गईरहेको हो।उक्त सभामा सर्वसाधारणका लागि ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ।...

सूर्या लाइफको सेयर संरचना परिवर्तन, २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २२ लाख लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व...