निर्जीवन बीमा


शिखर स्वास्थ्य बीमा अन्तर्गत कोभिडको जोखिम पनि कभर, सर्वसाधारणलाई राहात

काठमाण्डौ । कोभिड १९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिमसमेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ।  गत वर्ष वैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड १९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेका छन्। यो स्किमअन्तर्गतको सुविधा पाउन कोभिडबाट बिरामी भएका बीमितहरुले कम्तीमा २४ घन्टा...

यूनाइटेड इन्स्योरेन्सले चुक्तापूँजी बढाउने, २५% हकप्रद जारी गर्ने निर्णय

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले चुक्तापूँजी बढाउने भएको छ ।  यो कम्पनीको संचालक समितिमा भएको छलफलमा चुक्तापूँजी बढाउने विषयमा सहमति बनेको हो ।  एक संचालकका अनुसार हाल कायम चुक्तापूँजीलाई क्रमशः बढाउँदै लैजानुपर्ने र त्यसका लागि विभिन्न विकल्पमा जाने निर्णय भएको छ ।  ती संचालकका अनुसार यूनाइटेड इन...

कोरोना संक्रमणबाट जनरल इन्स्योरेन्स बर्दिबास शाखा प्रमुख कमल कुमार सत्यालको निधन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दिबास शाखाका प्रमुख कमल कुमार सत्यालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । कम्पनीको बर्दिबास शाखाको प्रमुखका रुपमा कार्यरत सत्यालको कोरोना हिजो(जेठ २० गते ४५ वर्षको उमेरमा निधन भएको हो । भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनलाई  कोरोना संक्रमण कम भएर अवस्था सामान्य भएपछि...

1663308665norvic-gif.gif

निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै आइएमई जनरल इन्स्योरेन्स

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यो तालिम अनलाइन माध्यम जुम मार्फत आगामी असार २ गतेदेखि ४ गतेसम्म सञ्चालन गर्न लागेको हो।  यो तालिममा भाग लिन ईच्छुक व्यक्तिहरुले नेपाली...

शिखर इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।   हकप्रद सेयर निष्कासनसम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख...

वैशाख मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुद्वारा २४.६२ अर्ब बीमाशुल्क आर्जन, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिसम्ममा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यसमा राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क भने समावेश गरिएको छैन।  चालु आर्थिक वर्षको १० महिनासम्ममा सबैभन्दा...

16454172591200x120.gif

एनएलजी इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०. ५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा...

शिखर इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत चैत ९ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित २७.७६९ प्रतिशत बोनस सेयर गत फागुन २५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस सेयर नेप्से र...

सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुुई कम्पनीहरुद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  सिद्धार्थ इन्स्योरेन्सद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयर र लुम्बिनी जनरलद्वारा प्रस्तावित ५ प्रतिशत...

हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ७४४ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६६...

लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुुई निर्जीवन बीमा कम्पनीहरुको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि दुुवै कम्पनीरुहरुले भोलि(जेठ १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

आइएमई जनरलले ४०% हकप्रद निष्कासनका लागि बीमा समितिबाट पायो अनुमति

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनको अनमति प्राप्त गरेको छ । कम्पनीले बीमा समीतिबाट ४० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो।  कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो ।  कम्पनीले सञ्चालक...

हिमालयन जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने अन्तिम अवसर

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ १३ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।भोलि...

शिखर इन्स्योरेन्सको ३८ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा कम्पनीको २७.७६९ प्रतिशतले हुन आउने ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२...

निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार १३.९१ अर्ब, राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार १३ अर्ब रुपैयाँ बढी पुुगेको छ। यो अवधिमा १९ वटा निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषेका आकार १३ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ पुुगेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २५.१७ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको त्रैस्रो त्रैमासको...