एभरेष्ट इन्स्योरेन्सद्वारा ४३.५८ करोड बीमाशुल्क आर्जन,नाफा २६.२१%ले घट्यो

9 दिन अगाडी
एभरेष्ट इन्स्योरेन्सद्वारा ४३.५८ करोड बीमाशुल्क आर्जन,नाफा २६.२१%ले घट्यो

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ४३ करोड ५८ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.०१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अविधमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३८ करोड ९१ हजार ५६ हजार रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३ करोड १४ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा २४.१८ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४ करोड १४ लाख ८१ हजार रुपैयाँ थियो।

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले २७ करोड ७५ लाख ८६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम १५ करोड ८ लाख २९ हजार रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ८४.०४ प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ। 

तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी १० करोड ९४ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २६.२१ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीकोे व्यवस्थापन खर्च २५.४९ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च १४ करोड ५७ लाख ६८ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ११ करोड ६१ लाख ५८ हजार रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर ४६ करोड ६८ लाख २७ हजार रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष ४० करोड ८ लाख ८७ हजार रुपैयाको थियोे। कम्पनीको जगेडा तथा कोषको आकार ५.०८ प्रतिशतले घटेर ३३ करोड ९ लाख ८१ हजार रुपैयाँ पुगेको छ। 

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८३ हजार २८९ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा ८४ हजार ७६५ बीमालेख जारी गरेको छ ।  

यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी १२.३३ रुपैयाँ, पिई अनुपात   ४८.१५ गुणा, प्रतिसेयर नेटवर्थ १६७.४० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२४.१८ रुपैयाँ रहेको छ। 


Share this with your friends: