एक्सेल डेभलपमेन्ट बैंकमा तीनजना सञ्चालक नियुक्त

2021-10-03
एक्सेल डेभलपमेन्ट बैंकमा तीनजना सञ्चालक नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् । बैंकको कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशल राज पोखरेल बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् ।  

तीनै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । 

एक्सेल डेभलपमेन्ट बैंकको १५ औँ वार्षिक साधारण सभा असोज १५ गते झापा बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा सम्पन्न भएको छ । 
सभामा आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । 


Share this with your friends: