नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

2021-06-22
नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । नेपाल सरकारको स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

उक्त बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र प्रिमियरबाट चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यो लाभांस वितरणका लागि नेपाल सरकारसमक्ष स्वीकृतीका लागि अनुरोध गर्ने र उक्त प्रस्ताव नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपछि साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ । 

आईपीओ निष्कासन गरेपछि कम्पनीले पहिलोपटक लाभांस वितरणको प्रस्ताव गरेको हो ।  


Share this with your friends: