नेपाल पुनर्बीमा कम्पनीको लाभांस परिमार्जन

2021-09-08
नेपाल पुनर्बीमा कम्पनीको लाभांस परिमार्जन

काठमाण्डौ । नेपाल सरकारको स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीको यसअघि गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि गरेको लाभांस वितरणको प्रस्ताव परिमार्जन गरिएको हो । 

नियामक निकाय बीमा समितिले गत साउन १५ गतेको पत्रमार्फत आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरी परिमार्जित वित्तीय विवरण पेस गर्न निर्देशन दिएकाले कम्पनीको लाभांस वितरणको प्रस्ताव परिमानिर्जत गरिएको हो । 

बीमा समितिको सोहि निर्देशनबमोजिम नेपाल पुनर्बीमा कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि यसअघि प्रस्तावित लाभांस परिमार्जित गर्दै आर्थिक वर्ष २०७६र७७ को वितरणयोग्य मुनाफा र प्रिमियरबाट चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यो लाभांस वितरणका लागि नेपाल सरकारसमक्ष स्वीकृतीका लागि अनुरोध गर्ने र उक्त प्रस्ताव नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपछि साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ । 

यसअघि कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र प्रिमियरबाट चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांस९कर प्रयोजनका लागि० गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो ।  

 


Share this with your friends: