नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक अर्यालको राजीनामा स्वीकृत

2021-09-16
नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक अर्यालको राजीनामा स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकको राजीनामा स्वीकृत भएको छ । नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ता अन्तर्गत सञ्चालक पदमा नियुक्त राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.डिल्लीराज अर्यालकोे राजीनामा स्वीकृत भएको हो ।  कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । 

अर्यालले गत भदौ २७ गते राजीनामा दिएका थिए । सञ्चालक समितिको बैठकले उनको राजीनामा सोहि दिनदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ ।  


Share this with your friends: