नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

2021-10-01
नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ । 
कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव सहितको लेखापरीक्षण प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएको हो । 

नेपाल पुनर्बीमा कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि यसअघि प्रस्तावित लाभांस परिमार्जित गर्दै आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र प्रिमियरबाट चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो । 

यसअघि कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र प्रिमियरबाट चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो ।  

तर नियामक निकाय बीमा समितिले गत साउन १५ गतेको पत्रमार्फत आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरी परिमार्जित वित्तीय विवरण पेस गर्न निर्देशन दिएको थियो । सोहि बमोजिम कम्पनीको लाभांस वितरणको प्रस्ताव परिमार्जित गरिएको थियो । 


Share this with your friends: