नेपाल पुनर्बीमा कम्पनीको बीमाशुल्क आर्जन ३७.३१%ले बढ्यो, मुनाफामा समेत वृद्धि

2021-11-29
नेपाल पुनर्बीमा कम्पनीको बीमाशुल्क आर्जन ३७.३१%ले बढ्यो, मुनाफामा समेत वृद्धि

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ९ अर्ब ४३ करोड ३ लाख २० हजार ३७० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा ३७.३१ प्रतिशतले धेरै हो। गत वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब ८६ करोड ८० लाख ५१ हजार ५ सय रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्मा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ८ अर्ब २३ करोड र जीवन बीमा व्यवसायबाट १ अर्ब २० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

यस्तै जीवन बीमा र निर्जीवन बीमा दुवै व्यवसायबाट कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४२ करोड ६० लाख २९ लाख ८६० हजार रुपैयाँ आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ०.००६ प्रतिशतले धेरै हो। कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४२ करोड ६० लाख १ हजार ४२० रुपैयाँ आर्जन गरेको थियो। 

समिक्षा अवधिमा कम्पनीको खुद मुनाफा ३.८० प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा कम्पनीले १ अर्ब १६ करोड ९५ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जीवन बीमा व्यवसायबाट कम्पनीले १ अर्ब १ करोड ५१ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने निर्जीवन बीमा व्यवसायबाट १५ करोड ४३ लाख ८४ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ।  

कम्पनीको व्यवस्थापन खर्च ८.१५ प्रतिशतले घटेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको व्यवस्थापन खर्च ८ करोड ६१ लाख १६ हजार ९८० रुपैयाँ रहेकोमा अघिल्लो आर्थिक वर्षमा ९ करोड ३७ लाख ६७ हजार ८२० रुपैयाँ थियो। 

यसैगरी कम्पनीको बीमा कोषको आकार २५.९२ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ५४ लाख ४० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आ.व को सोहि अवधिमा यो रकम १ अर्ब ९५ करोड ७८ लाख ६० हजार रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको जगेडा तथा कोषको आकार बढेर ३ अर्ब ३५ करोड १४ लाख ३१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आ.वको चौथो त्रैमासको अन्त्यसम्ममा यो रकम २ अर्ब ६८ करोड ९४ लाख ६६ हजार रुपैयाँ थियो। यसरी चालु आर्थिक वर्षमा कम्पनीको जगेडा तथा कोषको आकार २४.६१ प्रतिशतले वृद्धि भएको छ। 

समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ११.६९ रुपैयाँ, पिई अनुपात १३६.२९, प्रतिसेयर नेटवर्थ १५८.१७ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९३.३० रुपैयाँ रहेको छ।  


Share this with your friends: