नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस अर्थ मन्त्रालयबाट स्वीकृत

2021-12-08
नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस अर्थ मन्त्रालयबाट स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मंसिर २० गतेको निर्णयअनुसार स्वीकृत गरेको हो । 

पुनर्बीमा कम्पनीको परिमार्जित लाभांसलाई बीमा समितिले गत असोज ४ गते स्वीकृती प्रदान गरेको थियो । 

 


Share this with your friends: