नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

2021-12-14
नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा आगामी पुस २२ गते बिहिबारका दिन बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरपश्चात कम्पनीको साविक जारी तथा चुक्तापूँजीमा वृद्धि भई ११ अर्ब ६५ करोड कायम हुने र सोहि बमोजिम प्बन्धपत्र संशोधन गर्ने र सो पूँजीलाई प्रति सेयर रु.१०० का दरले ११ करोड ६५ लाख कित्ता सेयरमा विभाजन गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै कम्पनीको प्रबन्धपत्ररनियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा आ.व २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनेछ। सभामा आ.व २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट २ जना सञ्चालक समितिको प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनुका साथै नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु दिन प्रकाश पाण्डे र डिल्लीराज अर्यालको कार्यकाल गत वैशाख २० गतेसम्म रहेकोमा सञ्चालक समितिबाट आगामी वार्षिक साधारण सभासम्मका लागि कार्यकाल थप गरिएको निर्णय अनुमोदन गरिनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 


Share this with your friends: