नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पन्त र पाण्डे निर्वाचित

2022-01-09
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पन्त र पाण्डे निर्वाचित

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकबाट दुई जना सञ्चालक निर्वाचित भएका हुन् । 

निर्वाचित हुने सञ्चालकमा सुनिल बल्लभ पन्त र दिप प्रकाश पाण्डे रहेका छन् । सुनिल बल्लभ पन्त नेपाल सरकार बाहेक संस्थागत लगानीकर्ता एनएलजी इन्स्योरेन्सका तर्फबाट र दिप प्रकाश पाण्डे शिखर इन्स्योरेन्सका तर्फबाट आगामी ४ वर्षका लागि निर्वाचित भएका हुन् ।  


Share this with your friends: