नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनयन

2022-02-18
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनयन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालकमा इश्वरी प्रसाल अर्याल मनोनयन भएका छन् । 

अर्याललाई फागुन ३ गतेको नेपाल सरकारको मन्त्रिस्तरको निर्णयबमोजिम अर्थमन्त्रालय  वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सञ्चालकमा मनोनयन गरेको हो । 

अर्याल पूर्व सञ्चालक रितेश कुमार शाक्यको स्थानमा सञ्चालकमा मनोनयन भएका हुन् । उनी अर्थमन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको सहसचिव हुन् ।  


Share this with your friends: