नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा अर्याल र मुडभरी निर्वाचित

2021-01-15
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा अर्याल र मुडभरी निर्वाचित

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा डा.डिल्लीराज अर्याल र नवराज मुडभरी निर्वाचित भएका छन्। कम्पनीको गत पुस २९ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको सदस्यमा अर्याल र मुडभरी निर्बिरोध निर्वाचित भएका हुन्। 

सभाबाट नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ता राष्ट्रिय बीमा कम्पनीको तर्फबाट डा.डिल्लीराज अर्याल र सर्वसाधारण सेयरधनीका तर्फबाट नवराज मुडभरी सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन्। कम्पनीका अनुसार अर्याल २०७८ वैशाख २० गतेसम्मका लागि र मुडभरी ४ वर्षका लागि सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका हुन्। 

 


Share this with your friends: