नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पाण्डे र अर्यालको पदावधि थप

2021-05-03
नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पाण्डे र अर्यालको पदावधि थप

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालकमा दिप प्रकाश पाण्डे र डिल्लीराज अर्यालको समयावधि थप गरिएको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

पाण्डे र अर्यालको पदावधि यहि वैशाख २१ गते समाप्त हुन गईरहेकाले कम्पनीको नियमावलीको नियम २७ को उपनियम(४) बमोमिज आगामी वार्षिक साधारण सभासम्मका लागि निजहरुलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गर्ने र आगामी सभाबाट उक्त नियुक्तीको अनुमोदन निर्णय गरिएको कम्पनीले जनाएको छ। 

पाण्डे र अर्याल नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका छन्।  

डा,डिल्लीराज अर्याल कम्पनीको गत पुस २९ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको सदस्यमा वैशाख २० गतेसम्मका लागि निर्विरोध निर्वाचित भएका थिए। 

 


Share this with your friends: