नेपाल पुनर्बीमा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-12-28
नेपाल पुनर्बीमा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १३ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १६.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांस आगामी पुस २२ गते आयोजना हुने कम्पनीको छैठौँ वार्षिक  साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


Share this with your friends: