beema samiti

बीमा समितिद्वारा बीमा सम्बन्धि जनचेतनामूलक भिडियो सार्वजनिक

काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा सम्बन्धि जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । समितिले आफ्नो आधिकारीक युट्युव च्यानलमार्फत वरिष्ठ कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा अभिनित बीमा सेचतना सम्बन्धी २ मिनेट लामो भिडियो सार्वजनिक गरेको हो । समितिद्वारा जारी गरिएको जनचेतनामूलक भिडियोमा जीवन र निर्जीवन बीमाको फाइदा...

बीमा समितिद्वारा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने म्याद पुनःथप

काठमाण्डौ । बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताको अध्ययन र अनुसन्धानका लागि गरिएको आह्वानमा प्रस्ताव पेस गर्ने म्याद दोस्रो पटक थप गरिएको छ । समितिले प्रस्ताव पेस गर्ने म्याद ७ दिन थप गरेको छ ।  समितिले नेपालको बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि चाल्नुपर्ने भावी कदमका सम्बन्धमा विस्तृत...

बीमा व्यवसायलाई स्वच्छ एवम पारदर्शी ढंगले अघि बढाउन निर्देशन

काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन,नियम र निर्देशिकाको परिपालना गर्न तथा बीमा व्यवसायलाई स्वच्छ एवम पारदर्शी ढंगले अघि बढाउन जीवन बीमा कम्पनीका सञ्चालकहरुलाई निर्देशन दिएका छन्।  बीमा समितिले ‘जीवन बीमासँग सम्बन्धित समस्या र समाधान’ विषयमा जीवन बीमा कम्पनी कम्पनीका सञ्चालक समितिका अध्यक्षहरुसँग...

1663308665norvic-gif.gif

बीमा समितिद्वारा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने म्याद थप

काठमाण्डौ । बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताको अध्ययन/अनुसन्धानका लागि गरिएको आह्वानमा प्रस्ताव पेस गर्ने म्याद थपिएको छ । समितिले प्रस्ताव पेस गर्ने म्याद १५ दिन थप गरेको छ ।  समितिले नेपालको बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि चाल्नुपर्ने भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी...

बीमा समितिले सञ्चालन गर्न लागेको बीमा सर्भेयर तालिमका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बीमा समितिले सञ्चालन गर्न लागेको बीमा सर्भेयर तालिमका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । समितिले गत भदौ ८ गतेदेखि बीमा सर्भेयर तालिम लिन चाहनेहरुका लागि आवेदन माग गरेको थियो।  समितिले सेर्भेयर तालिममा सहभागी हुन इच्छुक योग्य नेपाली नागरिकहरुलाई समितिको वेभसाइट www.nib.gov.np को एप्लिकेसन लिंकमा गई आवेदन फारम भर्न सक्ने...

बीमा समितिले बीमा सर्भेयर तालिम सञ्चालन गर्ने, को–को हुन पाउँछन सहभागी ?

काठमाण्डौ । बीमा समितिले बीमा सर्भेयर तालिम सञ्चालन गर्ने भएको छ । समितिले एक सूचना जारी गर्दै बीमा सर्भेयर तालिम सञ्चालन गर्न लागेको जनाएको हो ।  समितिले सेर्भेयर तालिममा सहभागी हुन इच्छुक योग्य नेपाली नागरिकहरुलाई समितिको वेभसाइट www.nib.gov.np को एप्लिकेसन लिंकमा गई आवेदन फारम भर्न सक्ने जनाएको छ ।  यसरी फारम भरी आएकाहरुमध्ये २५...

16454172591200x120.gif

बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताका लागि प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्न आह्वान

काठमाण्डौ । नियामक निकाय बीमा समितिले बीमा व्यवसायको व्यापकताका लागि अध्ययन÷अनुसन्धानका सम्बन्धि प्रस्ताव आह्वान गरेको छ । समितिले नेपालको बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि चाल्नुपर्ने भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न आह्वान गरेको हो ।  समितिले यसका लागि बीमा...

बीमा समितिद्वारा सरकारी दायित्व अन्तर्गतको रु.९.३२ अर्ब भुक्तानी गर्न अर्थ मन्त्रालयलाई पत्र

काठमाण्डौ । बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीको रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको छ । समितिले नेपाल सरकारले तिर्नुपर्ने ९ अर्ब ६२ करोड रुपैयाँका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको हो ।  कोरोना बीमा अन्तर्गत कोरोना बीमा पुलबाट कुल ३ अर्ब ५० करोड रुपैयाँ दावी भुक्तानी तिर्ने र सो भन्दा बढी दायित्व सृजना भएमा नेपाल...

साउन महिनाभित्रमा बीमा क्षेत्रमा अन्तराष्ट्रिय सफ्टवेयर goAML अनिवार्य रुपमा लागू गरिने

काठमाण्डौ । बीमा समितिले यहि साउन महिनाभित्रमा देशका बीमा क्षेत्रमा सम्पत्ति सुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको सफ्टवेयर‘goAML(एन्टी मनी लन्ड्रीङ सिस्टम) अनिवार्य रुपमा लागू गर्ने भएको छ । यसअघि नमुना परीक्षणका रुपमा विभिन्न पाचँवटा जीवन बीमा कम्पनीहरुबाट लागू गर्न सुरु गरिएको goAML यहि साउन महिनाभित्रमा सबै...

निषेधाज्ञामा थन्किएका सार्वजनिक सवारी साधनलाई बीमाशुल्क छुट गर्न बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले निषधाज्ञाको समयमा सञ्चालनमा नआएका सार्वजनिक सवारी साधनहरुलाई बीमाशुल्क छुट प्रदान गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले एक परिपत्र जारी गर्दै सार्वजनिक सवारी साधनको हकमा सञ्चालनमा नआएको थन्किएको अवधि(ले अप पिरियड) गणना गर्दा निषेधाज्ञा सुरु भएको मितिदेखि लिन र समयावधि नेपाल सरकारबाट...

जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन वृद्धि, ६३ हजार बीमालेख सरेन्डर

काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन वृद्धि भएको छ ।  बीमा समितिले गत साउन १ गते गरेको स्थलगत निरीक्षणका क्रममा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको दुवैको कुल बीमाशुल्क आर्जन वृद्धि भएको देखिएको हो ।  बीमा समितिका अनुसार गत आर्थिक वर्ष जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब...

बीमा समितिद्वारा नयाँ सर्भर र सफ्टवेयर सञ्चालन

काठमाण्डौ । बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । समितिले समितका कारबारबाहीलाई अझ बढी चुस्त, दुरुस्त एवम पारदर्शी बनाउदै बीमक र सरोकारवालाहरुलाई छिटो छरिते रुपमा सेवा उपलब्ध गराउने उदेश्यले साउन १ गतेदेखि ‘इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम(आईआरएमआईएस) सञ्चालनमा ल्याएको हो ।  समितिका...

सामूहिक दुर्घटना बीमा दाबी गर्न छुटेका श्रमिकलाई निवेदन दिन श्रम मन्त्रालयको आग्रह

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामूहिक दुर्घटना बीमा रकम दाबी गर्न छुटेका श्रमिकलाई निवेदन दिन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भई काममै रहेका बेला दुर्घटनामा परेका तर सामूहिक दुर्घटना बीमा रकम दाबी गर्न छुटेका श्रमिकलाई सरकारले निवेदन दिन आग्रह गरेको हो । श्रम, रोजगार तथा सामाजिक...

बीमा समितिले ३० दिनमा बीमालेख फिर्ता गर्न पाइने व्यवस्थालाई निर्देशिकाबाट हटायो

काठमाण्डौ । बीमा समितिले जीवन बीमा सम्बन्धि निर्देशिका २०७८ बाट ३० दिनमा बीमालेख फिर्ता लिने व्यवस्थालाई हटाएको छ । समितिले गत असार २३ गते जारी गरेको जीवन बीमा सम्बन्धि निर्देशिका २०७८ जीवन बीमकहरुले बीमालेख जारी भएको ३० दिन भित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरेको थियो ।  उक्त व्यवस्था सहितको निर्देशिका जारी भएपछि...

देशभर आएको बाढी पहिरोका कारण बीमा कम्पनीहरुमा झण्डै २ अर्ब रुपैयाँको दाबी माग

काठमाण्डौ । हालै देशभर आएको अविरल वर्षाले पुर्याएको क्षतीका कारण झण्डै २ अर्ब रुपैयाँबराबरको बीमा माग दाबी परेको छ । बीमा समितिका अनुसार अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिराबाट भएको भौतक क्षतीबापत बीमतिहरुबाट २० वटै निर्जीवन बीमा कम्पनीहरुसँग कुल १ अर्ब ९२ करोड तीन लाख ४८ हजार बीमा माग दाबी भएको छ ।  निर्जीवन...