beema samiti

बीमा समितिद्वारा ‘जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८’ जारी, यस्ता छन् व्यवस्था

काठमाण्डौ । नियामक निकाय बीमा समितिले जीवन बीमा सम्बन्धि निर्देशिका २०७८  जारी गरेको छ । समितिले बीमालेख स्विकृती प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न आवश्यक भएकाले २०४९ को दफा ८ को खण्ड(घ२)ले दिएको अधिकार प्योग गरी‘जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८’ जारी गरेको जनाएको छ ।  निर्देशिका अनुसार जीवन बीमा...

नयाँ बीमा कम्पनीहरुलाई इजाजत दिने निर्णय नगरिएको बीमा समितिको स्पष्टोक्ति

काठमाण्डौ । बीमा समितिले थप नयाँ कुनै पनि बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नगरिएको जनाएको छ । विभिन्न अनलाइन तथा  पत्रपत्रिकामहरुमा बीमा समितिले थप जीवन बीमा, निर्जीवन बीमा तथा लघुविमा कम्पनीहरुलाई लाइसेन्स दिने तायरी गरिहहेको भन्ने समाचारहरुलाई खण्डन गर्दै समितिले यस्तो गर्न नलागिएको स्पष्ट पारेको हो ।  यसरी प्रकाशित...

बीमा समितिद्वारा सगरमाथा इन्स्योरेन्सको लाभांस वितरणको प्रस्ताव स्वीकृत

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ ।  कम्पनीद्वारा प्रस्तावित कुल ११.५७८९ प्रतिशत लाभांस बीमा समितिले स्वीकृत गरेको हो । कम्पनीको गत जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आपर्थक वर्ष २०७६/७७ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत जगद लाभांस गरी...

1663308665norvic-gif.gif

५ वर्ष पुराना निर्जीवन बीमा कम्पनीहरुको हकप्रद नरोकिने, पूँजी वृद्धिका लागि कसको के योजना ?

काठमाडौं । बीमा समितिले ५ वर्ष पुराना निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासन गर्न दिने भएको छ ।  यो व्यवस्था बीमा समितिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै ल्याउन लागेको हो ।  संचालनको ५ वर्ष पूरा भएका र वित्तीय अवस्थामा खासै गडबड नदेखिएका निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासन गरेरै भए पनि पूँजी बढाउने बाटो खुल्ला...

नेपाल लाइफको सेयर खण्डीकरण गर्ने प्रस्ताव बीमा समितिद्वारा अस्वीकृत

काठमाडौं । नियामक निकाय बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर खण्डीकरण(स्टक स्प्लिट) गर्ने प्रस्तावलाई अस्वीकृत गरेको छ । कम्पनीको गत माघ २८ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाले सेयर टुक्राउने प्रस्ताव पारित गरेको थियो।  कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले प्रति सेयर मूल्य रु १ सय रहेकोमा यस...

संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी, विद्युतीय प्रणालीमार्फत कारोबार गर्न सक्ने

काठमाण्डौ । बीमा समितिले संस्थागत अभिकर्तालाई इजाजत प्रदान गर्ने भएको छ । समितिले‘संस्थागत बीमा अभिकर्ता सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै संस्थागत बीमा अभिकर्तालाई इजाजत प्रदान गर्ने व्यवस्था गरेको हो ।  अभिकर्ताको मुख्य वा प्रमुख व्यवस्थापकहरु मध्ये कम्तिमा एकजनाले समिति वा समितिबाट मान्यता प्राप्त गरेको संस्थाले बीमा...

16454172591200x120.gif

संगठित संस्थाले मात्रै पुनर्बीमा दलाल सम्बन्धि कार्य गर्न पाउने, विदेशी कम्पनीले समेत आवेदन दिन सक्ने

काठमाण्डौ । नियामक निकाय बीमा समितिले पुनर्बीमा दलाल(ब्रोकर)संगठित संस्था हुनुपर्ने व्यवस्था गरेको छ। सीमितले पुुनर्बीमा दलाल(ब्रोकर)सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै यस्तो पुनर्बीमा दलाल सम्बन्धि कार्य गर्नका लागि कम्तीमा १० करोड अधिकृत पूँजी भएको संगठित संस्था हुनुपर्ने व्यवस्था गरेको हो।  उल्लेखित पूँजीको ५० प्रतिशत रकम...

सूर्या लाइफको सीईओमा खड्कालाई नियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ। कम्पनीको गत जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको थियो।  बीमा समितिबाट स्वीकृति प्राप्त भएसँगै...

बीमा समितिद्वारा कर्जा फर्छ्यौट गर्ने अवधि थप, कर्जा असुलीको अवधि निर्धारण गरी लिखित जानकारी उपलब्ध गराउन निर्देनश

काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुको कर्जा फर्छ्यौट गर्ने अवधि थप गरेको छ । यसअघि समितिले अभिकर्ताहरुलाई दिएको सम्पुर्ण कर्जा यहि असार मसान्तभित्र असुल उपर गर्न निर्देशन दिएको थियो । चर्को दबाबपछि यसअघिको यो निर्देशनबाट पछि हट्दै समितिले अभिकर्ताहरुलाई असार मसान्तसम्म कर्जा असुली गर्नका लागि दबाब नदिन निर्देशन दिएको छ ।...

नयाँ पुनर्बीमा कम्पनीका लागि हिमालयन रिले पायो लाइसेन्स

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको  छ । कम्पनीलाई बीमा समितिको प्रस्तावमा अर्थमन्त्रालयले प्रारम्भिक आशय पत्र प्रदान गरेको हो । यससँगै अब कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न पाउने छ । समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र...

आइएमई जनरलले ४०% हकप्रद निष्कासनका लागि बीमा समितिबाट पायो अनुमति

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनको अनमति प्राप्त गरेको छ । कम्पनीले बीमा समीतिबाट ४० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो।  कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो ।  कम्पनीले सञ्चालक...

जीवन बीमा गर्दा आयकरमा रु.५० हजार छुट दिन बीमा समितिको प्रस्ताव, लघुबीमामा ७६% अनुदान माग

काठमाडौं । बीमा समितिले जीवन बीमा गर्ने नागरिकलाई आयकरमा दिने छूटको सीमा बढाउन प्रस्ताव गरेको छ । हाल बीमा गर्ने नागरिकले आयकरमा वार्षिक २५ हजारसम्म छूट पाउने गरेकोमा अब सो सीमा बढाएर ५० हजार पु¥याउनुपर्ने समितिको प्रस्तावमा उल्लेख छ । यसअघि बीमा समिति तथा कम्पनीहरुबाट बीमा गर्ने नागरिकलाई आयकरमा १ लाख ५० हजार रुपैयाँसम्म छूट दिन माग...

नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि पाँच कम्पनीद्वारा प्रस्ताव पेश

काठमाण्डौ । बीमा समितिसमक्ष पाचँवटा कम्पनीले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव पेश गरेका छन् ।  नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव पेश गर्नेमा काठमाण्डौ रि, अन्नपुर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि रहेका छन् । समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक...

बीमा कम्पनीहरुले कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने

काठमाण्डौ । बीमा कम्पनीमा कार्यरत कुनै कर्मचारीलाई कारोना संक्रमण भए निजको उपचारमा लाग्ने सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्नुपर्ने भएको छ। बीमा समितिले परिपत्र जारी गर्दै बीमा कम्पनीमा कार्यरत कुनै कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएमा संक्रमित कर्मचारी तथा निजको सम्पर्कमा रहेका कर्मचारी समेतलाई सम्पूर्ण खर्च(पीसीआर परीक्षण...

बीमा समितिद्वारा शाखा कार्यालयहरु बन्द गर्न निर्देशन, केन्द्रिय कार्यालयले १० जना कर्मचारीसहित सेवा प्रदान गर्नुपर्ने

काठमाण्डौ । बीमा समितिले शाखा कार्यालयहरु बन्द गर्न सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले जेठ १३ गतेसम्म सबै शाखा कार्यालयहरु बन्द गरी केन्द्रिय कार्यालयमात्रै खुला राख्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।  यो अवधिमा बीमा कम्पनीहरुले १० जना कर्मचारी राखि केन्द्रिय कार्यालयबाट सेवा प्रदान गर्नुपर्नेछ । यसका...