beema samiti

बीमा समितिद्वारा बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका जारी

काठमाण्डौ । बीमा समितिले बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ। यसअघि बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशन मात्रै रहेकोमा समितिले बीमा कम्पनीहरुको संस्थापक सेयर सम्बन्धी व्यवस्थामा थप स्पष्टता र व्याख्यासहित निर्देशिका नै जारी गरेको हो।  निर्देशिका बमोजिम चुक्तापूँजीको १ प्रतिशतभन्दा कम...

बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने, सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान

काठमाण्डौ । बीमा समितिले मद्दती निक्षेपमा लगानी गर्ने भएको छ। समितिले आफुसँग भएको बैंक तथा नगद मौज्दात लगानी निती अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो।  यसका लागि समितिले सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी समितिले उल्लेख गरेको...

निषेधाज्ञामा एक तिहाई कर्मचारीहरुद्वारा आलोपालोमा सेवा सञ्चालन गर्न बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले निषेधाज्ञाको समयमा एक तिहाई कर्मचारीहरुद्वारा आलोपालोमा सेवा सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।  समितिले आज परिपत्र जारी गर्दै कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितीमा स्थानिय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा बीमकहरुले दैनिक कार्य सञ्चालन गरी सर्वसाधारणलाई सेवा प्रवाह...

1663308665norvic-gif.gif

बीमा समितिद्वारा नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव आह्वान

काठमाण्डौ । नयामक निकाय बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । समितिले आज(वैशाख १६ गते) एक सूचना जारी गर्दै थप एक पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव आह्वान गरेको हो । समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रको लगानीमा थप एक...

अभिकर्ताले पाउने मासिक सेवा सुविधा तथा उपहार बीमा समितिले निर्धारण गरेको सीमा भित्र रहि प्रदान गर्न निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई अभिकर्ताका लागि मासिक रुपमा संचालन गर्ने उपहार कार्यक्रममा कडाइ गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमकहरुलाई बीमा समितिले निर्धारण गरेको १८ प्रतिशतको सीमा भित्र रहेर उक्त सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।  यस्तै समितिले १८ प्रतिशतको सीमाभित्र रहेर उपहार वितरण...

बीमा समितिद्वारा कोरोना संक्रमण न्यूनीकरण गर्न बीमा कम्पनीहरुलाई निर्देशन जारी

काठमाण्डौ । देशमा कोरोनाको दोस्रो लहर व्यापक रुपमा बढ्न थालेपछि बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सजगता तथा सुरक्षा अपनाउने सम्बन्धमा निर्देशन जारी गरेको छ।  समितिले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सर्तकता सहित बीमा कम्पनीहरुको सेवालाई निरन्तरता प्रदान गर्नका लागि सबै बीमा कम्पनीहरुलाई स्वास्थ्य सुरक्षा...

16454172591200x120.gif

बीमा समितिद्वारा आईटी अडिटको समयावधि थप

काठमाण्डौ । बीमा समितिले आईटी अडिट प्रस्तुत गर्ने समयावधि थप गरेको छ। समितिले आईटी अडिट प्रस्तुत गर्नका लागि वैशाख मसान्तसम्मको समय थप गरेको हो।  अधिकांस बीमा कम्पनीहरुले यसअघि दिइएको समयमा आईटी अडिट बुझाउन नसकेपनि समितिले समयावधि थप गरेको जनाएको छ। बीमा कम्पनीहरुले यसअघि बीमा समितिले चैत मसान्तसम्म आईटी अडिट प्रस्तुत गर्न...

बीमा समितिद्वारा तीन वर्षसम्म एकल बीमा पोलिसी सरेन्डर नगर्न निर्देशन

काठमाण्डौ । नियामक निकाय बीमा समितिले एकल बीमा पोलिसीलाई तीन वर्षसम्म सरेन्डर नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसका साथै समितिले तीन वर्ष पुरा भएपछि मात्रै बीमालेख धितोमा राखेर कर्जा प्रदान गर्ने व्यवस्था गर्न सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  बीमा समितिले परिपत्र जारी गर्दै एकल बीमा शुल्क...

बीमा कम्पनीहरुद्वारा कोरोना बीमा दाबी भुक्तानीका लागि सरकारसँग ३ अर्ब रुपैयाँ माग

काठमाण्डौ । बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानीका लागि सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेका छन्। कारोना बीमा दाबी भुक्तानीका लागि हालसम्म परेको र भुक्तानी भएको दाबी संख्याका आधारमा सरकारले वहन गर्नुपर्ने दायित्वअन्तर्गत बीमा कम्पनीहरुले उक्त रकम माग गरेका हुन्। रकम माग गरिएको पत्र बीमा समितिले शुक्रबार नै अर्थ मन्त्रालय...

कोरोना बीमा बापत ४८,०६९ जनाले प्राप्त गरे ४.६६ अर्ब बढी दाबी भुक्तानी

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार फागुन २१ गतेसम्म ४८ हजार ०६९ जनाले कोरोना बीमा बापत ४ अर्ब  ६६ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ८४ हजार ८७४ रहेको छ।  यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये ३६९३ फाइल...

कृषि तथा पशुपन्छी प्राविधिकले बीमा अभिकर्ताको रुपमा काम गर्न पाउने

काठमाण्डौ । कृषि तथा पशुपन्छी प्राविधिकको रुपमा काम गर्ने व्यक्तिहरुले अब बीमा अभिकर्ता भई काम गर्न सक्ने भएका छन्। बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ लाई परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।  बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ परिमार्जन गर्दै प्राविधिकले बीमा अभिकर्ताको काम गरेवापत ५ प्रतिशत...

एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न जीवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ। हिजो(फागुन ०९ गते) सर्कुदर जारी गर्दै समितिले यस्तो निर्देशन दिएको हो।  समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको हो। बीमा समितिले यसअघि निर्जीवन...

बीमा क्षेत्रको सुधार फास्ट ट्रयाकमा हुन्छ: सिलवाल

काठमाण्डौ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सिलवाललाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन्।  पद तथा गोपनियताको सपथ समारोहमा नवनियुक्त अध्यक्ष सिलवालले बीमा क्षेत्रको विकास र सुधारका लागि कटिबद्ध रहेको र...

बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

काठमाण्डौ । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बीमा समितिको अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरेको हो।  नवनियुक्त भएका सिलवाल पूर्वसचिव हुन्। उनी उद्योग मन्त्रालय र गृह मन्त्रालयका पूर्व सचिव हुन्।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिलवालसहित तीन जनाको नाम...

कोरोना बीमाको दाबी भुक्तानी ३ अर्ब नाघ्यो

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार माघ १२ गतेसम्म ३१ हजार ४४१ जनाले कोरोना बीमा बापत ३ अर्ब ६ करोड १३ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ६० हजार १६१ रहेको छ।  यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये ३०७९ फाइल...