beema samiti

बीमा समितिद्वारा जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी,व्यवसायमा परेको प्रभाव वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने

काठमाण्डौ । बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमा कम्पनीहरुमा आइपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्याङ्कन गर्न बान्छनीय भएकोले यो निर्देशिका जारी गरिएको जनाएको छ । यो...

बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले आफुसँग भएको बैंक मौज्दात समितिको लगानी निती अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षपमा लगानी गर्नुपर्ने भएकाले इच्छुक बैंकहरुलाई सिलबन्दी बोलपत्र आवेदन पेस गर्न आह्वान गरेको हो ।  समितिले इच्छुक बैंकहरुलाई आफुले लिन सक्ने अधिकतम प्रतिफल...

नेपालमा बीमा अभिकर्ताको संख्या ७.६८ लाख पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा बीमा अभिकर्ताको संख्या ७ लाख बढी पुगेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर महिनासम्ममा नेपालमा बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ पुगेको छ ।  तथ्यांक अनुसार सबैभन्दा धेरै अभिकर्ता बागमति प्रदेशमा रहेका छन् । बागमति प्रदशमा जीवन बीमा अभिकर्ताको संख्या २ लाख ३३ हजार १०२ रहेको छ । बागमति...

1663308665norvic-gif.gif

बीमा समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांसमा रोक लगाउने तयारी

काठमाण्डौ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांस वितरणमा रोक लगाउने तयारी गरेको छ । समितिले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट निर्जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजन बाहेक नगद लाभांस वितरणमा रोक लगाउने तयारी गरेको हो ।  निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्न नसकिरहेको अवस्था र पुँजी वृद्धि...

बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिको आयोजनामा पुस १३ गते स्थानिय तहसँग बीमा कम्पनीको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य...

बीमा समितिद्वारा प्राइम लाइफ र नेपाल लाइफलाई कारबाही गर्ने निर्णय

काठमाण्डौ । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई कारबाही गर्ने निर्णय गरेको छ। प्राइम लाइफले नक्कली कर्मचारी देखाएर आर्थिक हिनामिना गरेको र नेपाल लाइफले सञ्चालकहरुलाई नियमविपरीत एकभन्दा बढी समिति/उपसमितिमा आबद्ध गराएको विषयमा कारबाही गरिएको समितिले जनाएको छ।  प्राइम लाइफले...

16454172591200x120.gif

बीमा समितिको सञ्चालकमा पौडेल र रिजाल नियुक्त

काठमाण्डौ । बीमा समितिको सञ्चालकमा शोभाकान्त पौडेल र सरोज रिजाल नियुक्त भएका छन् । मन्त्रिपरिषदको गत मंसिर १६ गतेको निर्णयअनुसार पौडेल र रिजाल बीमा समितिको सञ्चालकमा नियुक्त भएका हुन् ।  शोभाकान्त पौडेल नेपाल सरकारका तर्फबाट  र सरोज रिजाल बीमितका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।  ...

बीमा समितिको नयाँ भवनको शिलान्यास

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपन्डोलस्थित जग्गामा नयाँ हुन लागेको भवनको आज शिलान्यास गरेका छन् ।  सोहि अवसरमा अर्थमन्त्री शर्मा र शहरी विकासमन्त्री रामकुमारी झाक्रीले संयुक्त रुपमा भवन शिलान्यास सम्बन्धि शिलापत्रको अनावरण गरे ।  समितिको १० रोपनी जग्गामा रु.४७ करोड ३७ लाखको लागतमा निर्माण हुने...

‘बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन गर्न आवश्यक':अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पुरानै ऐन–कानुनमा शंसोधन आवश्यक रहेको बताएका हुन्। उनले बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत...

बीमा सम्बन्धमा विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता हुँदै

काठमाण्डौ । बीमा समितिले बीमा सम्बन्धमा विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा ‘बीमाको महत्व’ शीर्षकमा विद्यालयस्तरीय र ‘जोखिम व्यवस्थापनमा बीमाको भूमिका’शीर्षकमा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको हो ।  समितिले देशमा बीमा...

स्वदेशी पुनर्बीमा कम्पनीलाई सम्पूर्ण पुनर्बीमा व्यवसाय प्रदान गर्न बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई प्रदान गर्न सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  समितिले एक परिपत्र जारी गर्दै सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । समितिले बीमकले आर्जन गरेको...

बीमा समितिद्वारा दुर्घटना बीमा निर्देशिका २०७८ जारी, यस्ता छन् व्यवस्था

काठमाण्डौ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी प्रचलनमा ल्याउनका लागि बीमा ऐन २०४९ को दफा ८ को उपदफा(घ२)ले दिएको अधिकार प्रयोग गरी दुर्घटना बीमा निर्देशिका जारी...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको लाभांस बीमा समितिबाट स्वीकृत भएको हो । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको थियो...

नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ ।  कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव सहितको लेखापरीक्षण प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएको हो ।  नेपाल...

कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्रीको चासो, उपयुक्त विकल्प पेस गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा भुक्तानीमा देखिएको समस्याको समाधान खोज्न बीमा समितिलाई अर्थमन्त्री निर्देशन दिएका छन् । कोरोना बीमाको दाबी भुक्तानी नपाएको गुनासो बढेपछि अर्थमन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई कोरोना बीमाको दाबी भुक्तानीको समयस्याको समाधान खोज्न निर्देशन दिएका हुन्...