न्यूज


बुटवल पावर कम्पनीको विद्युत महसुल ‘खल्ती एप’बाटै भुक्तानी गर्न सकिने

काठमाण्डौ । बुटवल पावर कम्पनी (बीपीसी) को ग्रामीण तथा सहरी दुवै क्षेत्रको विद्युत महसुल अब खल्ती डिजिटल वालेट एपबाट घरैबसी तिर्न सकिने भएको छ। बीपीसीले स्याङ्जाको वालिङ, गल्याङ, रामपुर र झिमरुक क्षेत्रमा विद्युत वितरण गरिरहेको छ। बीपीसीका कर्पोरेट विभाग प्रमुख टीकाराम भट्ट र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच यस...

चार वस्तुको आयात कोटा हटाइयो

काठमाण्डौ । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा वितरण प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोटा वितरण प्रणाली स्थगित गरेको हो । सरकारले गत चैत ९ मा केराउ, मरिच, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो। चालू आर्थिक वर्ष २०७७/७८ का...

राष्ट्रिय खाद्य बैंकको केन्द्रीय कार्यालयको शुभारम्भ, आईपीओ जारी गर्ने योजना

काठमाण्डौ । ‘पोसिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयको शुभारम्भ गरिएको छ।  खाद्य बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रीय कार्यालयको विधिवत (पूजापाठसहित) शुभारम्भ गरिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए। २...

1663308665norvic-gif.gif

समिट लघुवित्तको अध्यक्षमा ढकाल चयन

काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तिर्थराज ढकाल नियुक्त भएका छन्। संस्थाको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो।  उनी चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थाको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका थिए।  यस्तै उक्त वार्षिक साधारण सभाबाट संस्थापक...

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा आज चैत(३० गते) सम्पन्न भएको छ । सभा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको कार्यालय नारायणचौर नक्साल काठमाडौं भीम प्लाजामा अध्यक्ष राजु रमण पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।  सभामा शिखर इन्स्योरन्सका प्रमुख कार्यकारी दीप प्रकाश पाण्डे, नेपाल इन्स्योरेन्सका...

प्रभु क्यापिटलद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेडले आइतबार पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट र सामाजिक संस्था कर्म फ्लाइट्स फाउन्डेसनलाई थप १० वटा कम्प्युटर सीपीयू सहयोग वितरण गरेको छ।  क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर प्रविधिको सिकाई...

16454172591200x120.gif

घलेम्दी हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २३ गते काठमाण्डौ पक्नाजोलमा रहेको होटल मुनलाईटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को...

नयाँ वर्षमा रिचार्जरले ७०%सम्मको छुटमा ग्याजेट्स उपलब्ध गराउने

काठमाण्डौ । इकमर्स प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यू इयर सेल’ अफर सार्वजनिक गरेको छ। मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो।  देशभरि डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी...

दराजको नयाँ वर्ष लक्षित ‘नव वर्षको भव्य सेल’ सुरु, यस्ता छन् छुट

काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार र अलिबाबा समूहअन्तर्गतको दराजले ‘नव वर्षको भव्य सेल’ अनेक छुट लिएर आएको छ। यो अभियान चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म चल्नेछ।  नयाँ वर्षको भव्य सेल भनेर परिचित यस अभियानमा विभिन्न उत्पादनहरुमा मूल्य कटौती छ। उदाहरणका लागि ४६ हजार ७२० रुपैयाँको वल्पुल डबल डोर फ्रिज जम्मा ३८ हजार ९९९ रुपैयाँ, ६८...

राष्ट्रिय बीमा संस्थान एनसीएचएलसँग आबद्ध

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ।  सम्झौतापत्रमा राष्ट्रिय बीमा संस्थानका तर्फबाट संस्थाका प्रशासक कविप्रसाद पाठक र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत...

रिद्धि सिद्धि नुकड नाट्य यात्रा जारी

काठमाण्डौ । नाटकले दर्शक समक्ष छाप छोड्दै रिद्धि सिद्धि सिमेन्टको आयोजनामा र विजय लक्ष्मी मिडिया फाउन्डेशनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्राको क्रम जारी रहेको छ।  प्रदेश नं। २ को ८ वटा जिल्लाको विभिन्न ५० स्थानमा गरिने यो यात्रा अहिले ११ वटा ठाँउमा प्रस्तुत गरिएको छ । हालसम्म प्रदेश नं। २ को धनुषा जिल्लास्थित सबैला बजार,...

इसेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता, ५० देशबाट सीधै अब इसेवा खातामा पैसा पठाउन सकिने

काठमाण्डौ। डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमिट र पछिल्ला दिनमा नेपालमा व्यापक रुपले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वभर रहेका वर्ल्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै...

बीमा समितिद्वारा तीन वर्षसम्म एकल बीमा पोलिसी सरेन्डर नगर्न निर्देशन

काठमाण्डौ । नियामक निकाय बीमा समितिले एकल बीमा पोलिसीलाई तीन वर्षसम्म सरेन्डर नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसका साथै समितिले तीन वर्ष पुरा भएपछि मात्रै बीमालेख धितोमा राखेर कर्जा प्रदान गर्ने व्यवस्था गर्न सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  बीमा समितिले परिपत्र जारी गर्दै एकल बीमा शुल्क...

आजदेखि थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु

काठमाण्डौ । पाचौँ स्वास्थ्य दिवसको अवसर पारेर सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई आज(चैत २५ गते)देखि थप ६ वटा जिल्लामा लागू गरेको छ। एक कार्यक्रमकाबीच आज स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले आजदेखि थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने बताएका हुन्।  थप ६ जिल्लामा सुरु भएपश्चात यो कार्यक्रम...

ईसेवामार्फत शैक्षिक शुल्क भुक्तानी गर्दा सतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक इसेवामार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा सतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ।  वैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये १०० जना भाग्यशाली ग्राहकले एक महिनाका लागि सतप्रतिशत छात्रवृति पाउनेछन्। जुन छात्रवृति रु. ५ हजारसम्मको...