न्यूज


अरुण भ्याली हाइड्रोपावरको अध्यक्षमा शाक्य नियुक्त

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा जिवनराम शाक्य नियुक्त भएका छन्। कम्पनीको आज(फागुन)२८ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई अध्यक्षमा नियुक्त गरेको हो।  शाक्य कम्पनीको सञ्चालकको रुपमा रहँदै आएका थिए। कम्पनीका निवर्तमान कार्यकारी अध्यक्ष रमेशप्रसाद  न्यौपानेले राजीनामा दिएपछि...

अरुण भ्याली हाइड्रोपावरका कार्यकारी अध्यक्ष न्यौपानेद्वारा राजीनामा

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष रमेशप्रसाद  न्यौपानेले राजीनामा दिएका छन्। उनको राजीनामा आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।  बैठकले आजैबाट लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ।     ...

पठाओद्वारा उत्कृष्ट २५ महिला राइडर सम्मानित

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा उत्कृष्ट २५ महिला राइडरहरुलाई सम्मान गरेको छ । पठाओले उत्कृष्ट २५ महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरेको छ । पठाओ नेपालमा हाल करिब १ हजार ६ सय जना महिला राइडर आवद्ध छन् । जसमध्ये करिब ३ सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब ३०...

1663308665norvic-gif.gif

निफ्रा तेस्रो वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो। मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको...

नेपाल हाइड्रो डेभलपरको सीईओमा ढुंगाना नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) शेष कुमार ढुंगाना नियुक्त भएका छन्।  कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई कम्पनीको सीईओमा नियुक्त गरेको हो। उनलाई फागुन २० गतेदेखि नै लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको  कम्पनीले जनाएको छ।     ...

राष्ट्रिय बीमा संस्थानको दुई नयाँ शाखा विस्तार

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहीलमा १७औं र भक्तपुरको सूर्यविनायकमा १८औं शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहील शाखाको काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।  चाबहील शाखाको उद्घाटन गर्दै अध्यक्ष...

16454172591200x120.gif

कृषि तथा पशुपन्छी प्राविधिकले बीमा अभिकर्ताको रुपमा काम गर्न पाउने

काठमाण्डौ । कृषि तथा पशुपन्छी प्राविधिकको रुपमा काम गर्ने व्यक्तिहरुले अब बीमा अभिकर्ता भई काम गर्न सक्ने भएका छन्। बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ लाई परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।  बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ परिमार्जन गर्दै प्राविधिकले बीमा अभिकर्ताको काम गरेवापत ५ प्रतिशत...

सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाइने प्रणालीको सरुवात

काठमाण्डौ । सञ्चय कोषमा जम्मा भएको रकमबारे सञ्चयकर्ताले अबदेखि तत्काल नै जानकारी पाउने भएका छन्। यसका लागि महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले संयुक्त रुपमा नयाँ विद्युतिय सरकारी लेखा प्रणालीको सुरुवात गरेका छन्। प्रणालीको बुधबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष...

एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न जीवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ। हिजो(फागुन ०९ गते) सर्कुदर जारी गर्दै समितिले यस्तो निर्देशन दिएको हो।  समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको हो। बीमा समितिले यसअघि निर्जीवन...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिँदै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले आज साझ ७ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिन लागिएको जानकारी दिएका हुन् ।  उनले मौद्रिक नीतिको मध्यावधि समीक्षा तयार भईसकेको र बोर्डले पास गरेपछि सार्वजनिक गर्ने तयारी...

एक्चुरियल साइन्स विषयको भर्ना खुला, नेपालमा कस्तो छ सम्भावना ?

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा एक्चुरियल साईन्स विषयको भर्ना खुलाएको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान गणित स्कुलले माघ १२ गतेदेखि एक्चुरियल साईन्स विषयको भर्ना खुलाएको हो । विश्वमै आपुर्ति भन्दा माग धेरै भएको विषयको रुपमा कहलिएको एक्चुअरियल साईन्स विषयको पठन/पाठन नेपालमा हुदै आएको छ । भविष्यमा...

नेपालमा बीमाको पहुँच २७% पुग्यो, लघुबीमा लेखको संख्या ३ लाख नाघ्यो

काठमाण्डौ । नेपालमा बीमाको पहुँच २७ प्रतिशत पुगेको छ। अर्थ मन्त्रालयले आज(मंगलबार) प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकनमा नेपालमा बीमाको पहुँच विस्तार भएको देखिएको हो।  आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकनका अनुसार चालु आर्थिक वर्षको पुस महिनासम्म वैदेशिक रोजगारमा गएका नेपालीहरुको...

बीमा क्षेत्रको सुधार फास्ट ट्रयाकमा हुन्छ: सिलवाल

काठमाण्डौ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सिलवाललाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन्।  पद तथा गोपनियताको सपथ समारोहमा नवनियुक्त अध्यक्ष सिलवालले बीमा क्षेत्रको विकास र सुधारका लागि कटिबद्ध रहेको र...

युनाइटेड इदी मर्दीको सञ्चालक तथा अध्यक्षमा केसी नियुक्त

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरको सञ्चालकमा संस्थापक सेयरधनी प्रकाश केसी नियुक्त भएका छन्। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा केसीलाई नियुक्त गरेको हो।  यसका साथै सोहि बैठकले सञ्चालक प्रकाश केसीलाई सञ्चालक समितिको अध्यक्ष पदमा समेत सर्वसम्मतले चयन गरेको कम्पनीले जनाएको छ।    ...

दोर्दी खोला जलविद्युतको स्थगित वार्षिक साधारण सभा माघ २६ गते

काठमाण्डौ । गणपूरक संख्या नपुगेका कारण हुन नसकेको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते आयोजना हुने भएको छ ।  कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आउँदो माघ ९ गते काठमाण्डौ त्रिपुरेश्वर स्थित कम्पनीको कार्यालयमा वेविनार जुममार्फत वार्षिक साधारण सभा आयोजना हुन लागेको हो...