न्यूज


हुन्डाईको नयाँ योजना सार्वजनिक, १ वर्षको निःशुल्क बीमा सहित यस्ता छन् छुट

काठमाडौं । हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौं” योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड...

अर्थमन्त्रीद्वारा कार्यान्वयन गर्नसक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेका छन्।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्नसक्ने कार्यक्रमहरु र सोहीअनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन्। खर्च...

कर्मचारीलाई कोरोना भएपछि माउन्टेन इनर्जी प्रवर्द्धक रहेको मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

काठमाण्डौ । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन...

1663308665norvic-gif.gif

नेपालको गार्हस्थ उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।           दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अर्धवार्षिक...

आस्कमी भर्चुअल जब फेयरको दोस्रो संस्करण आजदेखि सुरु, ५० बढी कम्पनीमा रोजगारीको अवसर

काठमाण्डौ। आस्कमी भर्चुअल जब फेयर २०२० को सफलतापछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ।  आस्कमी म्यानेजमेन्टले राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो। अप्रिल २ सम्म हुने यो जब फेयरको पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस रहेको...

नेपाल हाइड्रो डेभलपरको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको सञ्चालकमा भोला श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा गरिएको नियुक्तीलाई चैत १७ गते सम्पन्न कम्पनीको १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरिएको हो।  श्रेष्ठले चैत १७ गतेबाट नै पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ।    ...

16454172591200x120.gif

छ्याङदी हाइड्रोपावरको सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा वैकुण्ठ पौडेल नियुक्त भएका छन्। कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार पौडेललाई सञ्चालकमा नियुक्त गरिएको हो।  पौडेललाई रिक्त रहेको सर्वसाधारण सेयर धनीको तर्फबाट सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।     ...

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।     कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । एक हजार २२६ लाभग्राहीलाई उक्त...

स्वास्थ्य बीमा कार्यक्रम अब ७७ वटै जिल्लामा

काठमाडौं । सरकारले यसै आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको छ । २०७२ सालमा गठन भएको स्वास्थ्य बीमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिने छ । त्यसपछि काठमाडौं र ललितपुर...

स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले रु दुई लाख सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ ।     कोषले सहकार्यमा आधारित...

नेपाललाई जर्मनीले एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने

सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गरेको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले...

बीमा विधेयकमा दफावार छलफल , स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने धारणा

काठमाडौं । सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी बनाएको विधेयकमाथि शृङ्खलाबद्ध छलफल गरेको छ । उक्त छलफल बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले गरिएको हो । संसद् विघटन बदरपछि बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको...

आइएमई पेबाट सबै क्यूआर कोड स्क्यान गर्न मिल्ने

काठमाण्डौ। आइएमई पे एपबाट अब नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्न मिल्ने भएको छ।  नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एकमात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो। नेपालमा...

कास्कीका ३ सय पत्रकार र परिवारका सदस्यको स्वास्थ्य बीमा

नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शाखामा आवद्ध पत्रकार तथा उनीहरुका परिवारका सदस्यको स्वास्थ्य बीमा सुरु गरेको छ । महासङ्घले पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा सुरु गरेको पारिवारिक स्वास्थ्य बीमा कार्यक्रमको सोमबार महानगर प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरे । प्रेस ...

बीमा प्रिमियम ३२.२%ले वृद्धि, बीमाको दायरमा आएको जनसंख्या २५.२% पुग्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा बीमा प्रिमियम रकम ३२.२ प्रतिशतले वृद्धि भएको छ। अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुेटिनका अनुसार चालु आ.वको माघ महिनासम्ममा बीमा प्रिमियम रकम ३२.२ प्रतिशतले वृद्धि भएर ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा...