जीवन बीमा


एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ। कम्पनीले २०७७ फागुन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा छुट प्रदान गर्ने भएको हो।  कम्पनीले उल्लेखित बीमालेखहरु २०७७ चैत १५ गतेदेखि २०७८ वैशाख १५ गतेसम्म पुनर्जारण(नविकरण)...

फागुनसम्म जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ८२ अर्ब बढी, नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ८ महिना(फागुन)सम्ममा ८२ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिको तथ्यांक अनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले ८२ अर्ब २० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३६.५० प्रतिशत बढी हो। गत आर्थिक...

नेप्सेमा नेसनल लाइफको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  नेसनल लाइफले गत आर्थिक वर्ष २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ...

1663308665norvic-gif.gif

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सिटिजन लिडरहरु सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा “बर्दिया टाइगर मिट” कार्यक्रम सम्पन्न गरेको छ ।  सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तलिम प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाल भरिबाट माघ र फाल्गुण महिनामा...

ज्योति लाइफको आईपीओ बाँडफाँड कहिले ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आगामी शुक्रबार अर्थात चैत १३ गते हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले यस्तो जानकारी दिएको हो।  बैंकहरुले समयमै आवेदनहरु अपडेट गर्न र प्रमाणीकरण गर्न ढिलाई गरेकाले आईपीओ बाँडफाँडमा ढिलाई भएको...

एलआईसी नेपालद्वारा शिवरात्रीको अवसरमा निःशुल्क भोजन तथा पानी वितरण

काठमाडौं । एलआईसी नेपालले महाशिवरात्रीको अवसरमा पशुपतीनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको छ । कम्पनीले विगत ९ वर्षदेखि महाशिवरात्रीको उपलक्ष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ। कार्यक्रममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, कम्पनी सचिव विनोद भुजेल लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिती...

16454172591200x120.gif

वैदेशिक रोजगारीमा जानेहरूको बीमा शुल्क खल्तीबाटै तिर्न सकिने

काठमाण्डौ । बैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् । बैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्योति लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलबाटै...

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत फागुन २१ गतेदेखि सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार सामूहिक लगानी कोषका...

एलआईसी नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । एलआईसी शिक्षालय हलमा कम्पनीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।   उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यसका...

महालक्ष्मी लाइफद्वारा प्रदेश १ मा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले फागुन २४ गते सोमबारका दिन षे तालिम सम्पन्न गरेको हो ।    कम्पनीले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम...

ज्योति लाइफको आईपीओमा आवेदनको ओइरो

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदनको ओइरो परेको छ।  सिडिएस एण्ड क्लियरीङका अनुसार आज(सोमबार) साझ ५ बजेसम्म १३ लाख ७६ हजार ७६१ आवेदकले २ करोड ९८ लाख ७७ हजार ५४० कित्ता माग गरेका छन्।  ज्योति लाइफले गत फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो कुल निष्कासनमध्ये ५...

एलआईसी नेपालको वार्षिक साधारण सभा भोलि, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा भोलि(फागुन २५ गते) आयोजना हुँदैछ । एलआईसी शिक्षालय हलमा भोलि कम्पनीको १८ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो ।   उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको...

नेसनल लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमा राखेको संस्थापक सेयरमा आवेदन दिने आज(फागनु २३ गते) अन्तिम दिन रहेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य ४९२...

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागिआज(फागुन २१ गते)देखि आईपीओ निष्कासन गरेको छ। फागुन २३ गते निष्कासन गर्ने भनिएको कम्पनीको आईपीओ निष्कासन मिति दुई दिन अगाडी अर्थात फागुन २१ गतेदेखि निष्कासन हुन लागेको हो।  कम्पनीले जारी पूँजी रु. २ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६६...

एशियन लाइफद्वारा लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांस वितरण नगर्ने निर्णय गरेको हो।  बैठकले आ.व २०७५/७६ को नाफा नोक्सानबाट प्राप्त रकम संचित मुनाफा जगेडा कोषमा नै रहने र सो आर्थिक वर्षका लागि कुनै पनि लाभांस वितरण...