न्यूज


स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा डा.सेनेन्द्र उप्रेति नियुक्त

काठमाण्डौ। स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा डा.सेनेन्द्रराज उप्रेति नियुक्त भएका छन्। नवनियुक्त बोर्ड अध्यक्ष डा.उप्रेतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबाट मन्त्रालयमा आयोजित एक कार्यक्रममा शपथ ग्रहण गरेका हुन्।  यसैगरी स्वास्थ्य बीमा बोर्ड सदस्यमा डा.सुरेश तिवारी र चन्द्र थापा पनि नियुक्त भएका छन्।...

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

काठमाण्डौ । सरकारले पूर्व अर्थमन्त्री डा।युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको हो ।  खतिवडालाई मन्त्रीसरहको सुविधा...

दक्षिण एसियालि क्षेत्रमा नेपालको आर्थिक वृद्धिदर सबैभन्दा कम, महंगी पनि बढ्ने अनुमान

काठमाण्डौ । दक्षिण एसियाली मुलुकहरुमध्य सन् २०२१ को जिडीपी ग्रोथमा नेपाल सबैभन्दा पछाडि पर्नसक्ने देखिएको छ । एसियालि विकास बैंक(एडिबी)ले आज सार्वजनिक गरेको रिपोर्टमा यस्तो प्रक्षेपण गरिएको हो ।   एडीबीले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बैंकले यसअघि गत अप्रिल महिनामा गरेको ६.४ प्रतिशतको...

1663308665norvic-gif.gif

मर्जरमा जाँदै वोमी र ग्रामीण स्वयंमसेवक लघुवित्त

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंमसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएका छन्।    यसका लागि दुवै लघुवित्त संस्थाले गत शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। वोमी लघुवित्तको केन्द्धिय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने ग्रामीण स्वयंमसेवक लघुवित्तको सर्लाही जिल्लाको...

आरएमडीसी लघुवित्तद्वारा २० प्रतिशत लाभांस प्रस्ताव

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  आज बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्तापूजिँ ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १७ करोड ९८ लाख ६४ हजार ६८५ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १५...

कोरोना बीमा मापदण्ड २०७७ संसोधन गर्न चार सदस्यीय कार्यदल गठन

काठमाण्डौ। बीमा समितिले कोरोना बिमा मापदण्ड २०७७ मा भएको व्यवस्था अन्र्तगत बीमा दाबीको लागि हाल भएको व्यवस्थाहरुमा थप परिमार्जन गर्ने भएको छ। यसका लागि बीमा समितिले नेपाल उद्योग परिसंघ, बीमक संघ, जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, सरोकारवाला निकाय अन्र्तगतका उद्योग वाणिज्य महासंघका पदाधिकारी समक्ष आज काठमाण्डौमा छलफल कार्यक्रम...

16454172591200x120.gif

सुपर माई हाइड्रोपावरको वार्षिक साधारणसभाको मिति तय, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । सुपर माई हाइड्रोपावर लिमिटेडले छैटौँ वार्षिक साधारणसभाका लागि मिति तोकेको छ।  कम्पनीको सञ्चालक समितिको बैठकले वाषिक साधारणसभाका लागि असोज १७ गतेको मिति निर्धारण गरेको हो। कम्पनीको साधारणसभा काठमाण्डौको बानेश्वरस्थित रजिस्टर्ड कार्यालयमा आयोजना हुने छ।   सभामा आर्थिक वर्ष २०७६ र ७७ का लागि प्रस्तावित चु...

अर्थमन्त्री युवराज खतिवडाद्वारा राजीनामा

काठमाण्डौ । पदमुक्त हुने एक दिन अगावै अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्।  खतिवडाले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई राजीनामा पत्र बुझाएका हुन्।  राजीनामा बुझाउनुअघि उनले सूचना तथा संचार प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारीहरुलाई सम्बोधन गर्दै विदा लिएका थिए ।  ख्तिवडाले विदाईका क्रममा सम्बोधन...

निजी ल्याबको रिपोर्टका आधारमा कोरोना बिमाको दाबीभुक्तानी नपाइने

काठमाण्डौ । सरकारबाट अनुमतिप्राप्त गरी कोभिड १९ को संक्रमण पत्ता लगाउन पीसीआर परीक्षण गरिरहेका निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बिमाको दाबी भुक्तानी नपाइने भएको छ। बिमा समितिले कोरोना बिमा गराइरहेका निर्जीवन बिमा कम्पनीहरुलाई पत्र पठाउँदै निजी ल्याबबाट आएको पोजिटिभ रिपोर्टका आधारमा दाबीभुक्तानी नदिन भनेको हो ।  यो...

एनआईसी एसिया क्यापिटलको वार्षिक साधारणसभा द्वारा १८%नगद लाभांस पारित

काठमाण्डौ। एनआईसी क्यापिटल लिमिटेडले गत आर्थिक वर्षका लागि नगद लाभांस पारित गरेको छ।  क्यापिटलको चौथौ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १८ प्रतिशत नगद लाभांस(करसहित) पारित गरेको हो।  थापाथलीस्थित कार्यालयमा सम्पन्न भएको वार्षिक सभाले सेयरधनीहरुलाई वितरण गर्ने भनेर प्रस्ताव गरेको चुक्तापुँजीको १८ प्रतिशत...

एनआईसी एसिया बैंकका दुई म्युचुअल फन्डद्वारा बुक क्लोज मिति सार्वजनिक

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्र्तगत सञ्चालित दुई म्युचुअल फन्डले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस वितरणका लागि बुक क्लोजको मिति सार्वजनिक गरेका छन्।  बैंक अन्र्तगत सञ्चालित एनआईसी एसिया ब्यालेन्सड् फन्ड र एनआईसी एसिया ग्रोथ फन्डले बुक क्लोजको मिति सार्वजनिक गरेका हुन्।  लाभांश प्रयोजनार्थ यी दुवै...

उद्योगको बीमाशुल्कमा छुट दिन निर्जीवन बीमा कम्पनीलाई निर्देशन

काठमाण्डौ । बीमा समितिले कोरोना संक्रमण नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञाका कारण बन्द रहेका उद्योगको बीमा शुल्कमा छुट प्रदान गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ ।  समितिले सम्पत्ति बीमा निर्देशिकाको अनुसूचि ११ को १६९ बुँदामा बन्द रहेको उद्योगलाई दिने छुट सुविधा प्रतिहजार ३ रुपैयाँ रहेकोमा अब हाल कायम...

जापानको चन्द्र अन्वेषणमा बीमा कम्पनीको सहभागिता, उठ्यो २८ मिलियन डलर

काठमाण्डौ । चन्द्रमामा सर्वसाधारणलाई लैजानका लागि अन्तरिक्ष यानको विकास गरिरहेको जापानको आईस्पेस नामक चन्द्रमा अन्वेषण कम्पनीले बी सीरीज लगानी राउण्डका लागि चारवटा संस्थाबाट २८ मिलियन डलर उठाएको छ।  चन्द्रमामा निजि क्षेत्रका लागि उनीहरुको व्यवसाय ल्याउनका लागि प्रवेशद्धार हुन चाहेको कम्पनीले चन्द्र सतहमा व्यवसाय स्थापना गर्न...

आजबाट सबै बीमा कम्पनीहरु एक तिहाई कर्मचारीबाट सञ्चालनमा, यस्ता छन् अन्य व्यवस्था

काठमाण्डौ । आजबाट सम्पूर्ण बीमा कम्पनीहरुले एक तिहाई कर्मचारीबाट दैनिक कार्यालय सञ्चालन गरिरहेका छन्। हिजो बुधबार नियामक निकाय बीमा समितिले देशका सम्पूर्ण बीमा कम्पनीहरुलाई स्थानिय प्रशासनले घोषणा गरेको निषेधाज्ञा अवधीमा एक तिहाई कर्मचारीबाट कार्यालयको दैनिक काम कारवाहि गर्न भन्दै पाचँ बुँदे निर्देशन जारी गरेको थियो। यहि...

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू गर्न तयारी थालिएको छ। काठमाण्डौ ,ललितपुर र र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले जारी छ। सो बैठकले तीनवटै जिल्लामा एकरुपता कायम हुनेगरी निषेधाज्ञा जारी गर्ने र उपत्यकाभित्र सबै खालका आवतजावत तथा मानवीय गतिविधि ठप्प पार्ने गरी निर्णय गर्ने एक प्रजिअले बिमा...