पुनर्बिमा


नयाँ पुनर्बीमा कम्पनीका लागि हिमालयन रिले पायो लाइसेन्स

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको  छ । कम्पनीलाई बीमा समितिको प्रस्तावमा अर्थमन्त्रालयले प्रारम्भिक आशय पत्र प्रदान गरेको हो । यससँगै अब कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न पाउने छ । समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र...

नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि पाँच कम्पनीद्वारा प्रस्ताव पेश

काठमाण्डौ । बीमा समितिसमक्ष पाचँवटा कम्पनीले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव पेश गरेका छन् ।  नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव पेश गर्नेमा काठमाण्डौ रि, अन्नपुर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि रहेका छन् । समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक...

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई गोप्य...

1663308665norvic-gif.gif

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय...

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पाण्डे र अर्यालको पदावधि थप

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालकमा दिप प्रकाश पाण्डे र डिल्लीराज अर्यालको समयावधि थप गरिएको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  पाण्डे र अर्यालको पदावधि यहि वैशाख २१ गते समाप्त हुन गईरहेकाले कम्पनीको नियमावलीको...

बीमा समितिद्वारा नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव आह्वान

काठमाण्डौ । नयामक निकाय बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । समितिले आज(वैशाख १६ गते) एक सूचना जारी गर्दै थप एक पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव आह्वान गरेको हो । समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रको लगानीमा थप एक...

16454172591200x120.gif

नेपाल पुनर्बीमा कम्पनीको मुनाफामा १३.८६%को गिरावट, बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

काठमाण्डौ । नेपालको एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ३ अर्ब ७९ करोड ९८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा २५.९४ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म...

नेपाल पुनर्बीमा कम्पनीको मुनाफा ३.२२%ले घट्यो, बीमाशुल्क आर्जन ५१.७८%ले वृद्धि

काठमाण्डौ । नेपालको एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल २ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा ५१.७८ प्रतिशतले धेरै हो।  चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्मा कम्पनीले...

नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्ब बढी, कुन क्षेत्रमा कति ?

काठमाण्डौ । नेपालको एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १७ अर्ब बढी लगानी गरेको छ । कम्पनीले सो अवधिसम्म विभिन्न क्षेत्रमा १७ अर्ब १९ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ ।  बीमा समितिले उपलब्ध गराएको आँकडाअनुसार यस अवधिमा कम्पनीले नेपाल सरकारको बचत तथा ऋणपत्र, वाणिज्य बैंकको...

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा अर्याल र मुडभरी निर्वाचित

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा डा.डिल्लीराज अर्याल र नवराज मुडभरी निर्वाचित भएका छन्। कम्पनीको गत पुस २९ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको सदस्यमा अर्याल र मुडभरी निर्बिरोध निर्वाचित भएका हुन्।  सभाबाट नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ता राष्ट्रिय बीमा कम्पनीको...

नेपाल पुनर्बीमा कम्पनीको पाचौँ वार्षिक साधारण सभा सम्पन्न

 काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। हिजो(पुस २९ गते) काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा कम्पनीको ५ औँ वार्षिक साधारण सभा आयोजना भएको हो । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको थियो।  सभामा सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक...

दुईवटा नयाँ पुनर्बीमा कम्पनी स्थापना हुँदै

काठमाण्डौ । नेपालमा दुईवटा नयाँ पुनर्बीमा कम्पनी स्थापना हुने भएको छ ।  बीमा समितिस्थित उच्च स्रोतका अनुसार दुई समूहले छुट्टा छुट्टै कम्पनी स्थापनाका लागि पहल गरिरहेका छन् ।  ती दुई कम्पनीमध्ये एउटा कम्पनी डलर अर्बपति उपेन्द्र महतोको हो भने अर्को कम्पनी चाहिँ बीमा क्षेत्रमा लामो समयदेखि अनुभव हासिल गरेकाहरुको हो ।  दुवै...

नेपाल पुनर्बीमा सातौँ वर्षमा प्रवेश, बीमा क्षेत्रलाई समयसापेक्ष बनाउने लक्ष्य

काठमाण्डौ । नेपालको एकमात्र पुनर्बीमा कम्पनी आज शुक्रबारबाट साताँै वर्षमा प्रवेश गरेको छ। बि.स २०७१ कात्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबारको थालनी गरेको कम्पनीले आफ्नो ६ वर्षे यात्रा सफलतापूर्वक पार गरी सातौँ वर्षमा प्रवेश गरेको हो।  कम्पनीले सातौँ वार्षिकोत्सव समारोह जुम एपका माध्यमबाट फेसबुकमा प्रत्यक्ष प्रसारण गरेको थियो।...

नेपाल पुनर्बीमा कम्पनीको लोगो र छाप परिवर्तन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो लोगो र छाप परिवर्तन गरेको छ।  नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेको र नेपालको निशाना छापमा समेत सो भुभाग समावेश गरी संसोधन गरे अनुरुप नै उक्त परिवर्तित लोगो कम्पनीको छापको रुपमा समेत प्रयोगमा ल्याउने निर्णय गरिएको कम्पनीले जनाएको छ।  यसको...

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाल नियुक्त

काठमाण्डौ । नेपाल सरकारले सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाललाई नियुक्त गरेको छ। भुसालले यसअघि कम्पनीमा सञ्चालकको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए।  उनी अर्थ मन्त्रालयका कर्मचारी हुन्। अर्थ मन्त्रालयको जिम्मेवारी ग्रहण गर्नुअघि भुसाल प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए।  भुषाल...