सेयर बजार


उन्नति सहकार्य लघुवित्तको ३०%बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  आज नेप्सेमा संस्थाको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उन्नति सहकार्य लघुवित्तले आर्थिक वर्ष २०७७/७८ का लागि ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  ...

युनियन हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी वैशाख २३ गते शुक्रबारका दिन काठमाण्डौ ललितपुर धोबिघाटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको...

नबिल बैंकको दुईवटा ऋणपत्रको ब्याज भुक्तानी

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । बैंकको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’र ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’नामक ऋणपत्रको अर्धवार्षिकी ब्याज भुक्तानी गरिएको हो ।  यी दुवै ऋणपत्रको ब्याज गत पुस मसान्तसम्म कायम सम्पूर्ण लगानीकर्ताहरुको बैंक खातामा जम्मा गरिएको डिबेन्चर रजिष्ट्रारा नबिल...

1663308665norvic-gif.gif

उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २३.२६ लाख आवेदकको हात खाली

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  संस्थाको आईपीओ आज(वैशाख ९ गते)धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा बाँडफाँड गरिएको हो।  संस्थाको आईपीओमा २३ लाख ५१ हजार ४६२ आवेदकले आवेदन दिएका थिए । कुल आवेदनमध्ये २३ लाख ४९ हजार ५६ आवेदन माग ...

सामान्य अंकले बढ्यो नेप्से,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.१४ अंकले बढ्दै १२६१२.५७ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ८५.२ अंकले घट्दै १०५२७.५६ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

छ्याङदी हाइड्रोपावरको ३०%हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत माघ ११ गतेदेखि विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता...

16454172591200x120.gif

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । बैंकको गत फागुन १३ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर गत चैत ३० गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।  बैंकले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका...

अपर सोलु हाइड्रो इलेक्ट्रिकले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले चैत ७ गते कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ३३ लाख ७ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।  निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम ...

सूर्योदय वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको वैशाख ६ गते बसेको बैठकले कुमारी क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका...

दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २४६.४७ अंकले ओरालो लाग्दै १२५३८.४२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६९.८३ अंकले ओरालो लाग्दै १०६१२.७६ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...

नेपाल लाइफद्वारा ५.९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापकह सेयरधनी अनन्त कुमार गोल्याणको नाममा रहेको ५ लाख ९७ हजार ९२१ कित्ता र सुभाष संघईको नाममा रहेको ४०० कित्ता गरी कुल ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले...

दुई लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन(मा दुईवटा लघुवित्तले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा आत्मनिर्भर लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् ।  आत्मनिर्भर लघुवित्तले चैत २१ गते र अभियान लघुवित्तले चैत ३० गते बोर्डमा आवेदन दिएका हुन् ।  आत्मनिर्भर...

परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ९७.६८ अंकले बढ्दै १२७८४.८९ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६२.४४ अंकले बढ्दै १०७८२.५८ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

इक्राद्वारा बीपीडब्ल्यू लघुवित्तलाई रेटिङ प्रदान

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी...

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकको गत चैत २५ गते बसेको सञ्चालक समितिको वैठकको निर्णयअनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर आज(वैशाख ५ गते)देखि बिक्रीमा राखिएको हो ।  बैंकले उक्त सेयरको मूल्य भने निर्धारण गरेको छैन ।    यो सेयरमा बैंकको विद्यमान संस्थापकहरुले मात्रै खरिद...