सेयर बजार


रिभर फल्स पावरको आईपीओ बाँडफाँड

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि निष्कासन गरेको ७ लाख कित्ता सेयर बाँडफाँड गरेको हो।  कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा क्षेत्रका वासिन्दाका लागि गत चैत २७ गतेदेखि वैशाख ११...

आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र आवेदन पेस गर्ने समयावधि थप

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने समय थप गरिएको छ । कम्पनीले गत वैशाख १२ गतेदेखि लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा भोलि(वैशाख २१ गते)सम्म आवेदन दिन सकिने छ । आज सार्वजनिक बिदा परेकाले कम्पनीले बोलपत्र आवेदन पेस गर्ने समय थप गरिएको जनाएको छ ।  कम्पनीले गत...

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३४२.२५ अंकले ओरालो लाग्दै १२२५३.१० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २१८.६३ अंकले घट्दै १०४८२.४० बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।...

1663308665norvic-gif.gif

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित एक्कर्ड फर्मास्युटिकल्सले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पहिलो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ ५ गते काठमाण्डौमा रहेको बसेरा बुटिक होटल बबरमहलमा १२ः३० बजे आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव...

नेपाल फाइनान्सको हकप्रद लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको हकप्रदका लागि योग्य हुने आज(वैशाख १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि वैशाख २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । भोलि इदको सार्वजनिक...

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फ ७७ हजार ७२०.८८ कित्ता सेयर आज वैशाख १९ गतेदेखि लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक योग्य जो कोहि ...

16454172591200x120.gif

सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी निर्मल प्रधानको नाममा रहेको १ लाख १० हजार २५७ कित्ता संस्थापक सेयर आज(वैशाख १८)गतेदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको छ...

समृद्धि फाइनान्सद्वारा लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको ७३ हजार १०० र सर्वसाधारण समूहतर्फको ८ लाख ६७ हजार ३६६ कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद सेयर वैशाख १४ गते बाँडफाँड गरेको हो...

हिमालयन हाइड्रोपावरले वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आगामी वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न.२(साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न. ३ र ४(साविकको थुमाकोडाँडा गाविसकका...

बजारको गिरावट कायमै,बीमातर्फ एशियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १५५.२८ अंकले घट्दै १२५९०.८२ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४१.३३ अंकले ओरालो लाग्दै १०७०१.०३ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  संस्थाको आईपीओ आज(वैशाख १५ गते)धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।  संस्थाको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २२ लाख २...

अपि पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपि पावर लिमिटेडको हकप्रदमा आवेदन दिने आज(वैशाख १५ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २५ गतेदेखि हकप्रद विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले चैत १४...

परिसूचकमा सामान्य अंकको वृद्धि,बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक  ३०.६९ अंकले बढ्दै १०७४२.३७ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ०.२४ अंकले उकालो लाग्दै १२७४१.०१ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज रिलायन्स लाइफको...

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत चैत १६ गतेदेखि ३० गतेसम्म जारी गरिएको २ अर्ब ५० करोड रुपैयाँबराबरको ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र वैशाख १२ गते सोमबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ...

हकप्रद निष्कासनका लागि नेपाल फाइनान्सद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आगामी वैशाख २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ वैशाख २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका...