जीवन बीमा


बीमा समितिको निर्देशन पश्चात नेशनल लाइफले लाभांस घटायो

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यसअघि प्रस्ताव गरिएको लाभांस घटेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको १७.५ प्रतिशत लाभांस घटेको हो।  बीमा समितिको निर्देशनअनुसार कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरिएको लाभांस घटाएको हो। यसअघि गत साउन ३२ गते कम्पनीको सञ्चालक समितिले...

एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको घोषणा

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको घोषणा गरेको छ। कम्पनीले २०७७ कात्तिक मसान्त सम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका) बीमालेख २०७७ मंसिर १५ देखि पुस २४ गतेसम्म पूनर्जागरण गराउने बीमितलाई बिलम्ब शुल्कमा लाग्ने ब्याजमा ५० देखि ७५ प्रतिशतसम्म ब्याज...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई चुक्ता पुँजिको कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।  मंसिर १२ गते शुक्रबार बसेका कम्पनीको सञ्चालक समितिको बैठकले २०७५/७६ का लागि हाल कायम चुक्ता पुँजि रु. २ अर्ब २५ करोड ८९ लाख ३१...

1663308665norvic-gif.gif

बोर्डद्वारा प्रभु लाइफलाई ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएको कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो। आईपीओे...

पहिलो त्रैमासमा १९ जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३१.८७ अर्ब रुपैयाँ, कसको कति ?

काठमाण्डौ । देशका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास सम्मको अवधिमा ३१ अर्ब ८७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्।   बीमाशुल्क आर्जनलाई बीमा कम्पनीहरुको व्यवसाय वृद्धिको एक महत्वपूर्ण मापकको रुपमा लिइन्छ। यसले बीमा कम्पनीको व्यवसायको चित्रलाई झल्काउने काम गर्दछ।  देशमा हाल सञ्चालनमा...

एलआइसी नेपालद्वारा लाभांश प्रस्ताव, कति पाउने भए सेयरधनीले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) लिमिटेड(एलआइसी)ले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बुधबार(मंसिर १० गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजि रु. २ अर्ब १ करोड रुपैयाँको कुल १०.५२६३१५७९० प्रतिशत लाभांस प्रस्ताव गरेको हो।  प्रस्तावित कुल...

16454172591200x120.gif

एशियन लाइफले डाक्यो साधारण सभा, लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गते विरगंजमा अवस्थित होटल पुजनमा बिहान १० बजे ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  उक्त सभामा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन...

गुराँस लाइफको सञ्चालक समितिको अध्यक्षमा दुगड चयन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विवेक दुगड चयन भएका छन्।  कम्पनीको आज(मंसिर ४ गते) सम्पन्न सञ्चालक समितिको बैठकले दुगडलाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो।  यसका साथै आजै सम्पन्न कम्पनीको १० औँ वार्षिक साधारण सभाले ४ वर्षे कार्यकालका लागि संस्थापक शेयरधनीका...

एलआईसी नेपालले सार्वजनिक गर्यो उच्चतम बोनसदर, कतिसम्म पाइन्छ ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) लिमिटेडले(एलआईसी) आर्थिक वर्ष २०७५÷७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ६६ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर कायम गरेको हो।  कम्पनीले ५ देखि १५ वर्षे अवधिको सबै बीमा योजनामा ६६ रुपैयाँ बोनसदर पाइने...

सिटिजन लाइफद्वारा बोनस दर कायम, अधिकतम ७३ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम २५ रुपैयाँ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो।  कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्षका लागि...

रिलायन्स लाइफद्वारा व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुटको घोषणा

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुटको घोषणा गरेको छ ।  कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक बर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर...

महालक्ष्मी लाइफद्वारा बोनसदर घोषणा, न्युनतम ५० देखि अधिकतम ५२ रुपैयाँ कायम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस दर कायम गरेको छ। कम्पनीले घोषणा गरेको नयाँ बोनस दर नयाँ कम्पनीमध्ये सबैभन्दा धेरै हो। कम्पनीले आफुले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने गरि जारी गरिएका सबै किसिमका जीवन बीमालेखशरु अन्र्तगत आर्थिक वर्ष २०७५÷७६ का लागि बोनस दर कायम गरेको हो।  बीमा समितिको कात्तिक २८ गतेको...

सूर्या लाइफ इन्स्योरेन्सको निमित्त सिईओमा खड्का नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त कार्यकारी अधिकृत(सिईओ)मा कम्पनीका नायब महाप्रबन्धक पवन कुमार खड्कालाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरि खड्कालाई कम्पनीको निमित्त कार्यकारी अधिकृत(सिईओ) जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । अर्काे...

नेशनल लाइफको बीमाशुल्क आर्जन ४६.६०%ले वृद्धि, जीवन बीमा कोषको आकार २५.४६%ले बढाउन सफल

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७ /७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा २ अर्ब ८० करोड ३२ लाख ९३ हजार ९९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४६.६० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ९१ करोड...

कोरोना संक्रमणबीच प्रभु लाइफ राम्रो व्यवसाय गर्न सफल

काठमाण्डौ । कोरोना संक्रमणबीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड राम्रो व्यवसाय गर्न सफल भएको छ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७ र ७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा २५ करोड ९७ लाख ९० हजार ९५३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९५.४० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको...