बैंकिङ


हिमालयन बैंकद्वारा संकटा क्लबलाई रु.१० लाख प्रदान

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्युरोडस्थित संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ। बैंकले उक्त रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न संकटा क्लबलाई मद्दतस्वरुप प्रदान गरेको हो। बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा...

नेपाल राष्ट्र बैंकद्वारा सुरक्षा सतर्कता अपनाई सजगताका साथ कारोबार गर्न निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोरोनाको नयाँ भेरियन्ट फैलिन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षा सतर्कता अपनाई सजगताका साथ कारोबार गर्न निर्देशन दिएको छ ।  राष्ट्र बैंकले इजाजतप्राप्त क,ख,ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गरी सेवा प्रवाहमा...

कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानीका लागि साझेदारी

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका...

1663308665norvic-gif.gif

कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य

काठमाण्डौ । नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर एन्ड डी. इनोभेटिभ सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।  नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा आउँदो माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर नारायणगढमा आयोजना हुन गइरहेको पाँचौँ राष्ट्रिय...

भोजपुरमा नेपाल बंगलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’ लाई अवलम्बन गर्दै नेपाल बंगलादेश बैंकको  भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो।  कार्यक्रममा नेपाल राष्ट्र बैंकको...

सुर्खेतको मैनतडामा सिभिल लघुवित्तको ७५ औँ शाखा सञ्चालनमा

काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले सुर्खेत जिल्लाको मैनतडामा ७५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  संस्थाले यस शाखा स्थापनासंगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिति जनाएको छ। ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा...

16454172591200x120.gif

महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ‘ट्री गार्ड’ प्रदान

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकास्थित महेन्द्र राजमार्गमा रहेका बोटबिरुवाको संरक्षणका उद्देश्यका साथ १० थान ‘ट्री गार्ड’ सहयोगस्वरुप प्रदान गरेको छ।  ट्री गार्ड हस्तान्तरण कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख...

सनराइज बैंकले ल्यायो सनराइज रेमिट मुद्दति खाता

काठमाण्डौ।  सनराइज बैंकले सनराइज रेमिट मुद्दति खाता ल्याएको छ। विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दति खाता सञ्चालनमा ल्याएको बैंकले जानकारी गराएको छ। उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ।  विदेशबाट श्रम गरी नेपालमा पैसा पठाई उक्त मुद्दति खाता खोल्न...

सप्तकोशी डेभलपमेन्ट बैंकको कामु सीईओ र कम्पनी सचिवको जिम्मेवारी खड्कालाई

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको कामु सीईओ र कम्पनी सचिवमा कुमार खड्का नियुक्त भएका छन् । बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अर्को व्यवस्था नभएसम्मका लागि बैंकको कामुु सीईओ र कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।   खड्का हाल  बैंकको  नायब  प्रमुख कार्यकारीको  रुपमा ...

धादिङको मलेखुमा सानिमा बैंकको शाखा विस्तार

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज पुस २० गते धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन् समारोहमा मह जोडीले धादिङको...

ग्लोबल आइएमई बैंक १६ औँ वर्षमा प्रवेश, १५ वर्षदेखि सेवारत ४९ कर्मचारी सम्मानित

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६ औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ। काठमाण्डौको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे...

नवलपरासीको भटौलिया बजारमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकास्थित भटौलिया बजारमा यही पुस १६ गतेबाट ९० औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी  नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ।  यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष...

बैंक अफ काठमाण्डूको ‘बीओके स्मार्ट सेभिङ्स अकाउन्ट’ सार्वजनिक

काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै ‘बीओके स्मार्ट सेभिङ्स अकाउन्ट’ सार्वजनिक गरेको छ।  ‘कारोबार अब अझ फटाफट’ भन्ने मूलनाराका साथ ग्राहकलाई बैंकिङ सेवाहरुमा थुप्रै छुटहरुका साथ उच्चतम ब्याजदरको व...

नेपाल एसबिआई बैंकका सञ्चालक श्रेष्ठद्वारा राजीनामा

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडका सञ्चालक बालकृष्ण श्रेष्ठले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने श्रेष्ठले राजीनामा दिएका छन् । उनको राजीनामा बैंकको सञ्चालक समितिको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामा स्वीकृत गरेको...

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको डेपुटी सीईओमा गोरख राणा नियुक्त

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिले २०२२ जनवरी १ देखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो।  राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। उनले धेरै उद्योग र...